Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस, ३५ वर्षयताकै गर्मी उच्च मापन


नया सडक

२०८१, असार २ आइतबार

  • 654
    Shares

  • शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस,  ३५ वर्षयताकै  गर्मी  उच्च मापन

    काठमाडौ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस रेकर्ड भएको छ । काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च भएको छ । यो २०४६ सालएताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार असार १ गते ३५.३ डिग्री सेल्सियस रेकर्ड भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसमको रेकर्ड राख्न थालिएको वर्ष सन् १९६८ देखि सन् २०२० सम्मको अवधिको अधिकतम तापक्रम ०।०५ डिग्री सेल्सियसले बढेको छ । जुन महिनाको मात्रै सबैभन्दा ताता दिनहरुको ट्रेण्ड ०।०५ डिग्री सेल्सियसले बढेको छ ।

    मे र जुन महिना सबैभन्दा गर्मी महिनाका रूपमा चिनिन्छन् । यस वर्ष हिउँद याममा कम वर्षा भएकाले पनि गर्मी झन् बढेको अनुमान छ ।मौसमविद प्रतिभा मानन्धर का अनुसार मनसुन फैलिन ढिलाइ भएकाले काठमाडौंसहित पश्चिम तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढेको बताउनु भयो ।यस वर्षको मनसुन जेठ २८ गते नै नेपाल भित्रिएको थियो । मनसुन आज बल्ल मधेशको पूर्वी भागमा आइपुगेको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौंमा मनसुन आउन अझै केही दिन लाग्ने छ । महाशाखाले मनसुन सम्बन्धी अपडेट आज जारी गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस