Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

प्रतिनिधिसभा बैठक बस्दै, आज विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची


नया सडक

२०८१, असार ४ मंगलबार

  • 369
    Shares

  • प्रतिनिधिसभा बैठक बस्दै, आज विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची

    काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अन्तर्गत आज गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ । 

    त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  
    साथै विभिन्न सांसद्हरुले मन्त्रालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस गर्ने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ । 

     

    प्रतिक्रिया दिनुहोस