काठमाडौं । बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिका कागजपत्र राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ ।ठुलो मात्रामा कर छली गरेको आशंकामा विभागले अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लिएको बताइएको छ ।
चीनमा उत्पादन भई नेपालमा बिक्री वितरण हुँदै आएको बीवाईडी विद्युतीय गाडी नेपालमा अहिले अत्यधिक बिक्री भइरहेको छ ।नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले गाडी आयात र बिक्री वितरण गर्दा विभिन्न शीर्षकमा ठुलो परिमाणमा कर छलेको अनुमान गरिएको छ ।
साइमेक्स इंकका सञ्चालक यमुना श्रेष्ठलगायत हुन् । साइमेक्स इंकले बीवाईडी विद्युतीय गाडी बिक्री वितरणका लागि देशभर शोरुम तथा बिक्रीकेन्द्रहरू खोलेको छ ।