Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सप्ताहव्यापी भ्रमण सकी राष्ट्रपति पौडेल स्वदेश फिर्ता


नया सडक

२०८१, असार ५ बुधबार

  • 423
    Shares

  • सप्ताहव्यापी भ्रमण सकी राष्ट्रपति पौडेल स्वदेश फिर्ता

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किएका छन् । राष्ट्रपति पौडेल आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै नेपाल काठमाडौं आइपुगेका हुन् ।

    उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर राष्ट्रपति पौडेललाई स्वागत गरे ।

    rastrapati phirta.png

    राष्ट्रपति पौडेललाई वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले विदाइ गरेका थिए ।

    राष्ट्रपतिमा निर्वाचित भएपछि  पौडेलको यो पहिलो विदेश भ्रमण हो । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते काठमाडौंबाट प्रस्थान गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस