Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टको ३६ घण्टे ह्याकथन सम्पन्न


नया सडक

२०८१, असार ५ बुधबार

  • 2.1k
    Shares

  • काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टको ३६ घण्टे ह्याकथन सम्पन्न

    काठमाडौ । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टको सूचना प्रणाली क्लबले सूचना प्रविधिसम्बन्धी जानकारी दिने गरी आयोजना गरेको कुसोम आईएस ह्याकथन सफलतापूर्वक सम्पनन भएको छ ।जुन१४देखि १६सम्म यसको प्रमुख कार्यक्रम आईएस फेयर ट्वेन्टीट्वेन्टीफोर अन्तर्गत यो ह्याकथनको आयोजना गरिएको केयूले जनाएको छ ।कुशल र प्रभावकारी सिर्जनात्मक विषय वरिपरि रहेर  व्यापार र आर्थिक क्षेत्रका समस्या समाधान गर्न विज्ञहरूको जीवन्त सहभागिता थियो ।

    नेपालका विभिन्न क्षेत्रका २७ टोली सहभागी थिए ।  कुसोम सूचना प्रणाली क्लबका संयोजक प्रारब्दसिंह महत र उपसंयोजक ऋतिका पराजुलीको नेतृतवमा यो आयोजना गरिएको थियो ।नेपालका प्रत्येक क्षेत्रबाट चार देखि पाँच सहभागीहरू समावेश भएका २७ टोलीले व्यवसाय र अर्थतन्त्रसँग जोडिएका समस्याहरूको समाधान प्रस्तुत गरेका थिए । हरित प्रविधि, चक्रीय अर्थतन्त्र, प्रभावकारी उत्पादन, आपूर्ति श्रृंखला व्यवस्थापन, वित्त, वाणिज्य, रबेरोजगारीजस्ता समस्याको समाधान गर्न आवश्यक प्रविधिको विकास तथा तिनको प्रदर्शन बारे यसमा जानकारी दिइयो । उत्कृष्टहरूलाई पुरस्कृत पनि गरिएको थियो ।

    आईएस ह्याकथन ट्वेन्टीट्वेन्टीफोरले प्रविधि क्षेत्रका विद्यार्थीहरूको ज्ञानलाई सबलीकरण गर्न सहयोग पु¥याएको विश्वास गरिएको छ ।
    समग्र ह्याकथनको  नेतृत्व योगांश साहले गरेका थिए भने उद्योग क्षेत्रका  विज्ञ समीर तुलाधर, नारायण निरौला, अर्जुन गौतम र सलिना कोइरालालगायतले निर्णायक मण्डलको जिम्मेवारी पूरा गरेका थिए  ।

    टप पुरस्कार युनाइटेड टेक क्लबलाई दिइयो ।  रिमोट जीपीएस ट्र्याकिङ उपकरणको उपयोग क्लाउड परियोजनासम्बन्धी परिष्कृत परियोजाको प्रस्तुतिका लागि टप पुरस्कार दिइएको जनाइएको छ । ब्चमगष्लय क्ष्यत् क्लाउड, परियोजनाले एक परिष्कृत क्ष्यत् प्रदर्शन गर्यो दोस्रो स्थान भिरिन्ची नाम गरेको टोलीले पायो । फोहर व्यवस्थापन तथा प्रदुषण न्यूनीकरणसम्बन्धी स्मार्ट डस्टबिनहरूको एकीकृत सेन्सरको डेटासम्बन्धी प्रविधिका लागि दोस्रो पुरस्कार दिइयो ।यसैगरी तेस्रो स्थानका लागि वीरेन्द्रको टोलीलाई वृद्धवृद्धाको हेरचाहमा सहयोग पु¥याउने प्रविधि विकास र बुकिङ एपको विकास गरेका लागि दिइयो ।

    प्रतिक्रिया दिनुहोस