Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेपाल धितोपत्र बोर्ड अध्यक्ष चयन अन्तर्वार्तामा तीन जना आजपनि अनुपस्थित भएपछि कानुनी  प्रक्रिया अघि बढाइने


नया सडक

२०८१, असार ५ बुधबार

  • 510
    Shares

  • नेपाल धितोपत्र बोर्ड अध्यक्ष चयन अन्तर्वार्तामा तीन जना आजपनि अनुपस्थित भएपछि कानुनी  प्रक्रिया अघि बढाइने

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष चयन प्रक्रिया अन्तर्गत आजपनि छनौट भएका तीनले अन्तर्वार्तामा नआएपछि कानुनी प्रक्रिया अघि बढ्ने भएको छ ।छनौट भएका पाँच जना मध्ये यसअघि अनुपस्थित भएका तीन जनालाई  दोस्रो पटक अन्तर्वार्तामा बोलाउँदा  अनुपस्थित भएकाले सो सम्बन्धी कानुन प्रक्रिया अगाडि बढ्ने भएको हो ।

    अन्तर्वार्ताका लागि छानिएका ५ जनामध्ये ३ जनाले अन्तर्वार्ता दोस्रो पटक बहिस्कार गरेका छन् । यससँगै कानुनी व्यवस्थाअनुसार अघि बढ्नेगरी छानबिन समितिले तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठकमा ५ जनामध्येबाट ३ जनाको नाम छानेर सिफारिस गर्नुपर्ने हुन्छ ।
    यसअघि असार २ गतेका लागि कार्यपत्र प्रस्तुतिका लागि छनोट सूचीमा परेका ५ जनालाई बोलाइएको थियो । सो कार्यपत्र प्रस्तुतिका क्रममा २ जना मात्र उपस्थित भएका थिए । अनुपस्थित भएका ३ जनालाई आज बुधबारका लागि फेरि बोलाइएपनि उनीहरू अनुपस्थित रहे ।

    आज ९ बजेलाई बोलाइएको अन्तरवार्तामा समेत कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र नवराज अधिकारी अनुपस्थित रहेका  हुन् । २ गतेको अन्तरवार्तामा सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ उपस्थित थिए । अनुपस्थित भएका सबै सरकारी कर्मचारी छन् । यो पदमा नियुक्तिका लागि ठुलै शक्तिकेन्द्रहरूको स्वार्थ परिचालित हुने गर्छ । यसमा राजनीतिक दलका नेताहरूको चलखेल मात्रै होइन तिनका पछाडि रहेका उद्योगी व्यवसायीको शक्तिखेल भएको हुन्छ ।

    प्रतिक्रिया दिनुहोस