Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

बैंकिङ क्षेत्रमा जोखिमको सम्भावना रहेकोले सतर्कता अपनाउन राष्ट्र बैंकको भनाइ


नया सडक

२०८१, असार ५ बुधबार

  • 852
    Shares

  • बैंकिङ क्षेत्रमा जोखिमको सम्भावना रहेकोले सतर्कता अपनाउन राष्ट्र बैंकको भनाइ

    काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा जोखिमको रहेकोले सतर्कता अपनाउन  भनेको छ ।बैंकहरुको सम्पत्तिको गुणस्तर अर्थात् ऋणको धितो खस्किँदा बैंक तथा वित्तीय संस्थाहरूको स्थायित्वमा चुनौती थपिएको जनाउँदै राष्ट्र बैंकले यस्तो जनाएको हो ।

    राष्ट्र बैंकले बुधबार  सार्वजनिक गरेको वित्तीय स्थायित्व प्रतिवेदनमा  ऋणको उच्च ब्याजदरले समग्र माग घटेको तथा यही कारणले व्यवसायहरुमा वित्तपोषणको चुनौती बढेको जनाइएको छ ।उच्च ब्याजदरका कारण ऋणको माग घटेर  बैंकहरुको वासलातमा नकारात्मक प्रभाव परेको छ ।  राष्ट्र बैंकले यही कारण नाफा घटेर निष्क्रिय ऋण बढेको सो प्रतिवेदनमा जनाएको छ ।बैंक तथा वित्तीय संस्थाहरू मर्जरका कारण बढ्दो जोखिम नियमनमा सतर्कता अपनाउनुपर्ने आवश्यकता  राष्ट्र बैंकले औँल्याएको छ ।

    कोभिड–१९ ताका लचिलो मौद्रिक नीतिलाई पछिल्लो समय फिर्ता लिनु परेकाले ऋणीहरूको भुक्तानी क्षमतामा असर गरेको स्वीकार गर्दै राष्ट्र बैंकले चुनौतीपूर्ण परिस्थितिहरूका बीच पनि बैंक तथा वित्तीय संस्थाहरूले पर्याप्त पुँजी, तरलता र नाफा कायम गर्न सकेको प्रतिवेदनमा जनाएको छ। अर्थतन्त्रमा गैर–बैंकिङ वित्तीय क्षेत्रको बढ्दो भूमिकाले वित्तीय प्रणालीलाई अझ जटिल बनाएको छ र यसले परनिर्भरता र आन्तरिक आबद्धतालाई बढाएको छ।

    बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी, फिनटेक, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोषजस्ता अन्य संस्थागत बचत संस्थाहरूबीच वित्तीय स्रोतको आदान–प्रदानले दुर्लभ स्रोत जुटाई आर्थिक गतिविधिहरूलाई बढावा दिन सहयोग गरेकोलाई पनि राष्ट्र बैंकले चासोका रुपमा लिएको छ ।

     राष्ट्र बैंकले राजनीतिक अस्थिरता र आर्थिक मन्दीले यी समस्याहरूलाई झन् खराब बनाउने र यसले वित्तीय प्रणालीमा प्रभाव पार्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।प्रतिवेदनको सुरुवातमा गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूले देखाएको लचकताले बैंकिङ प्रणालीको सबल र मजबुत अवस्थालाई पुष्टि गरेको बताउँदै  यसले जोखिमहरूलाई सहन सक्ने जनाएका छन् । यस सन्दर्भमा वित्तीय स्थिरता कायम राखेर उच्च आर्थिक वृद्धिको लक्ष्य निरन्तर राख्न सतर्क, सक्रिय र विवेकपूर्ण बैंकिङ नियमनहरूको आवश्यकता रहेको गभर्नर अधिकारीले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस