Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ : गृहमन्त्री लामिछाने


नया सडक

२०८१, असार ६ बिहीबार

  • 462
    Shares

  • जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ : गृहमन्त्री लामिछाने

    चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी  जितेन्द्र बाबु ९जिबी० राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताउनुभएको छ ।  

    चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले आफू  मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको बताउनुभयो । मलेसियामा राई रहेको ठाउँ पत्ता लागिसकेको उहाँको भनाइ थियो । 
     

    फरक प्रसङ्गमा गृहन्त्री लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्तिका कारण सरकार वा गठबन्धनमा समस्या आएको भन्ने कुरामा कुनै सत्यता नभएको बताउनुभयो । उहाँले भन्नुभयो– “हामीले सुरुआतदेखि नै राम्रो काम गर्न सकिएन भने सत्तामा टाँसिएर बस्न हुँदैन भन्दै आएका छौँ ।” 

    गृहमन्त्री लामिछानेले आफ्ना पार्टीका मन्त्रीहरूलाई केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी रहेको र राजीनामा पत्र त्यो हुटहुटीको प्रतिबिम्ब भएको उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक फेर्ने कुरामा सत्यता नभएको उहाँको भनाइ थियो । 

    प्रतिक्रिया दिनुहोस