Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

जेठ मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ करोड ३६ लाख रुपैयाँ


नया सडक

२०८१, असार ७ शुक्रबार

  • 246
    Shares

  • जेठ मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ करोड ३६ लाख रुपैयाँ

    काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  पछिल्लो एक महिनामा ६ अर्ब ४८ करोड ३३ लाख रुपैयाँ सार्वजनिक ऋण थपिएको हो । वैशाख मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण २३ खर्ब ९३ अर्ब ८६ करोड ३ लाख रुपैयाँ रहेको थियो ।

    हाल  सरकारको कुल सार्वजनिक ऋण मध्ये ५०.३२ प्रतिशत बाह्य तथा ४९.६८ प्रतिशत आन्तरिक ऋण छ । जस अनुसार जेठ मसान्तसम्ममा बाह्य ऋण १२ खर्ब ७ अर्ब ८६ करोड तथा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड छ ।

     वैदेशिक ऋणमा बहुपक्षिय ऋणको हिस्सा ४४.६२ प्रतिशत तथा द्धिपक्षीय ऋणको हिस्सा ५.७० प्रतिशत रहेको छ । हालसम्म लिएको आन्तरिक ऋणमा सबैभन्दा ठूलो हिस्सा विकास ऋणपत्रको रहेको छ । विकास ऋणपत्र मार्फत ३१.८७ प्रतिशत ऋण उठाएको छ ।

    त्यस्तै  ट्रेजरी बिल्स मार्फत १७.१९ प्रतिशत, नागरिक बचतपत्र मार्फत ०.४५ प्रतिशत, आइएमएफ बोन्ड मार्फत ०.१६ प्रतिशत तथा वैदेशिक रोजगार बचतपत्र मार्फत ०.०१ प्रतिशत आन्तरिक ऋण लिएको छ ।

    प्रतिक्रिया दिनुहोस