Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

आज पेशी चढेको उपप्रधान तथा गृहमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ होला र ?


नया सडक

२०८१, असार ७ शुक्रबार

  • 411
    Shares

  • आज पेशी चढेको उपप्रधान तथा गृहमन्त्री लामिछानेको मुद्दाको सुनुवाइ होला र ?

    काठमाडौं । आज पेशी चढेको उपप्रधान तथा गृहमन्त्री रविलामे छानेको मुद्दाको नम्बर सुनुवाइका लागि पालो पाउनेमा पर्यवेक्षकहरूले चासो व्यक्त गरिरहेका छन् ।सर्वोच्चका न्यायाधीशद्वय सपनामलल्ल प्रधान र सारङ्गा सुवेदीको संयुक्त इजलासमा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई निलम्बन माग दाबीसहितको रिट  आज सुनुवाइका लागि पेशी तोकिएको हो  । 

    सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट सुनुवाइका लागि मल्ल र सुवेदीको संयुक्त इजलासमा परेपनि सुनुवाइ हुनेमा पर्यवेक्षकहरूको आशंका हो । यस अघि उक्त रिट यसअघि हेर्न नमिल्ने न्यायाधीशको पेशी पर्दै सरेको थियो ।इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको थियो ।

    महान्यायाधिवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दरपिठ भएको थियो । पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन दर्ता भएको थियो ।

    रिटमाथि पहिलो सुनुवाई गर्दै सर्वोच्चले पोखरादेखि रुपन्देहीसम्म जाहेरी दर्ता तथा अभियोग पत्रसम्म मगाउने आदेश गरेको थियो । त्यस्तै सर्वोच्चमा पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगी बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले गरेको अध्ययन प्रतिवेदन समेत पेश भइसकेको छ ।

    आज सर्वोच्च अदालतले रिटको माग दावी अनुसार आदेश गरे गृहमन्त्रीको पद निलम्बित हुने भएको छ । पर्यवेक्षकहरूले यतिछिट्टै सर्वोच्चको निलम्बन गर्ने आदेश नआउने अड्कल काटिरहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस