Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images
यस्तो छ राजस्व अनुसन्धान विभागको  जेष्ठ मसान्तसम्मको प्रगति

राजस्व अनुसन्धान विभागद्वारा साढे १३ अर्ब बढी र बिगो सजाय मागदाबीसहित मुद्दा दायर


नया सडक

२०८१, असार ७ शुक्रबार

  • 1.1k
    Shares

  • राजस्व अनुसन्धान विभागद्वारा साढे १३ अर्ब बढी र बिगो सजाय मागदाबीसहित मुद्दा दायर

     काठमाडौं । राजस्व अनुसन्धान विभागले जेष्ठ मसान्तसम्म राजस्व चुहावट तथा विदेशी विनिमयतर्फ ९६ मुद्दा दायर गरेको छ । ती मुद्दाहरूमा ६ अर्ब ४६ करोड ५० बिगो कायम गरिएको राजस्व अनुसन्धान विभागले जनाएको हो । अनुसन्धान विभागका अनुसार सजाय माग दाबी ७ अर्ब  ३२ करोड ३८ लाख कायम गरिएको छ ।

    २ सय ७ जनालाई प्रतिवादी बनाई ९६ मुद्दाहरूमा गरी कुल १३ अर्ब ७९ करोड बढी रुपैयाँ बराबर बिगो र सजाय मागदाबी  गरिएको छ ।धरौटी माग दाबी तर्फ अनुसन्धानले  धरौटी (लेखी पठाउने) राजस्व रकम रु  २० करोड ५५ लाख ५२ हजा रहेको विभागले जनाएको छ ।भीसीटीएस तर्फको प्रगतिबारे अनुसन्धान विभागले ८७५ कम्पनीलाई रु ३ करोड ३५ लाख ७६ हजारजरिवाना तोको जनाएको छ ।

    गश्तीतर्फको प्रगति विवरण जनाउँदै विभागले  १हजार ९सय ८७ गश्ती परिचालन गरेको जनाएको छ । कन्साइन्टमेन्टतर्फ भीसीटीएस  कन्साइन्टमेन्ट प्रयोगकर्ताको संख्या  २ लाख ४८ हजार रहेको र र भीसीटीएस कन्साइन्टमेन्टको संख्या ८९ लाख ४२ हजार रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस