Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

बाढीमा परी जाजरकोटमा शिक्षकको मृत्यु, छजना घाइते


नया सडक

२०८१, असार ९ आइतबार

  • 423
    Shares

  • बाढीमा परी जाजरकोटमा शिक्षकको मृत्यु, छजना घाइते

    काँक्रेविहार । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य छजना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ ।  

    शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिनुभयो । मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्थ्यो । 

    बाढीमा परी कुशे–४ तम्तीका  राजेन्द्रबहादुर  शाही,  खिमबहादुर  शाही,  पृथ्वीबहादुर  शाही, जीवन जैसी, कुशे –१ तारेचौरका  गोविन्द  रावत र दीपेन्द्रबहादुर  चलाउने घाइते भएका उपाध्यक्ष सिंहले जानकारी दिनुभयो ।  

    प्रतिक्रिया दिनुहोस