Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

अर्थसचिव मरासिनीद्वारा बजेट भन्दा बढी आर्थिक वृद्धि गर्न सकिने दाबी

अर्थसचिव मरासिनीद्वारा बजेट भन्दा बढी आर्थिक वृद्धि गर्न सकिने दाबी

  • काठमाडौं । कतिपय विज्ञहरूले आर्थिक वृद्धि ४ प्रतिशत नहुने टिप्पणी भइरहेका बेला बजेटको बचाउ गर्दै अर्थसचिव मधुकुमार मरासिनीले आगामी वर्षमा ७ प्रतिशत आर्थिक वृृद्धि हुने दाबी  गरेका छन् ।


    नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा अर्थसचिव मरासिनीले यस्तो दाबी गरेका हुन् । बजेटभन्दा मौद्रिक नीतिमाथि बढी भर गर्दा चुनौती थपिएपनि अर्थतन्त्र अहिले सही बाटोमा रहेको बताउँदै मरासिनीले आर्थिक वृद्धि हुने बताए ।

    अर्थसचिव मरासिनीका अनुसार पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोले आगामी वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत पु¥याउन सकिने छ ।सरकारले बजेटमार्फत आगामी आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने  लक्ष्य लिएको छ।

    अर्थतन्त्र अहिले सही बाटोमा छ। आर्थिक गतिविधि बढ्ने स्थिति बनिसकेको छ। अर्थतन्त्र कन्फिडेन्सले पनि चल्ने हो। मुहार हेरेर पनि कारोबार गर्नुपर्ने अवस्था आउन सक्छ। बैंकर साथीहरूले पनि यो विषय मनन गर्नुपर्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij