Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

नेपाली चियाको चमक विश्वमा फैलिँदै, ११ महिनामै ३ अर्ब ८६ करोडको निर्यात

नेपाली चियाको चमक विश्वमा फैलिँदै, ११ महिनामै ३ अर्ब ८६ करोडको निर्यात

  • भद्रपुर।चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा मेची भन्सार कार्यालयमार्फत चिया निर्यात ४०.५० प्रतिशतले बढेको छ। साउनदेखि जेठ मसान्तसम्मको अवधिमा रु ३ अर्ब ८६ करोड ६४ लाख बराबरको चिया निर्यात भएको हो। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै रु १ अर्ब ११ करोडको वृद्धि हो।

    कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार, सो अवधिमा १४,४६३ मेट्रिक टनभन्दा बढी चिया विदेश पठाइएको छ। तर अर्कोतर्फ, अलैँचीको निर्यात भने ३.८० प्रतिशतले घटेको छ। गत वर्षको तुलनामा यो वर्ष रु ७ अर्ब १८ करोडको मात्र अलैँची निर्यात भएको छ।

    अन्य निर्यात हुने वस्तुको अवस्थाबारे जानकारी दिँदै कार्यालयले भेनियर सिटको निर्यात ६७ प्रतिशत, फलामेपाताको ९.६ प्रतिशत, प्लाइउडको ११.६ प्रतिशत, र मोलासिसको निर्यात ४००.५ प्रतिशत ले बढेको जनाएको छ। तर, सिमेन्ट क्लिङ्कर, अदुवा, अम्रिसो र छुर्पीको निर्यात भने घटेको छ।

    कुलमा, चालु आवको ११ महिनामा मेची भन्सार कार्यालयबाट रु २३ अर्ब २८ करोड बराबरको वस्तु निर्यात भएको कार्यालयको तथ्याङ्कले देखाउँछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij