Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

विदेशीको विरोधले हेटौडा कपडा उद्योग चलाउने योजनाबाट सेना पछि हटेको रक्षामन्त्रीको खुलासा

विदेशीको विरोधले हेटौडा कपडा उद्योग चलाउने योजनाबाट सेना पछि हटेको रक्षामन्त्रीको खुलासा

  • काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले विदेशीको विरोधले नेपाली सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजनाबाट पछाडि हटेकोे बताएका छन् ।आइतबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने बेला रक्षामन्त्री उप्रेतीले यस्तो खुलासा गरेका  गरेका हुन् ।

    सैनिक कल्याणकारी कोषमा ८३ अर्ब रुपैया रहेको उल्लेख गर्दै उनले यो रकमलाई राष्ट्रिय योजना र विकासमा लगानी गर्न सकिने बताए । आत्म निर्भर हुनका लागि यही कोषबाट हेटौंडाको कपडा उद्योग चलाउने योजना बनेको उनले बताए ।जुन देशबाट कपडा आइरहेको त त्यो देशबाट र कपडा ल्याइरहेका ब्यापारीले सेनाले हेटौंडा कपडा उद्योग चलाउने योजनाको विरोध गरेको मन्त्री उप्रेतीले बताए ।तर उनले त्यो योजना सेनाले रोक्न जरुरी नरहेको पनि बताए ।

    हेटौंडा कपडा उद्योग सेनाले चलाउने योजना आत्मनिभएर हुनका लागि भएको बताउँदै उनले भने  ‘हामी आत्मनिर्भर हुँदा विदेशीको सामान त किनु पर्दैन । आत्मनिर्भर नहुँदा विदेशीको सामान किन्नुपर्छ । त्यही सामान हाम्रो विकिराखोस्, हाम्रो ब्यापारीले काम पाइराखुन भनेर स्याल हुइयाँ चलाइयो अब नेपाली सेना पाकिस्तानी मोडेलमा जाँदैछ भनेर।’ 

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij