Logo

Sep 14 2025 | २०८२, भदौ २९गते

Sep 14 2025 | २०८२, भदौ २९गते

images

राजस्व अनुसन्धान विभागद्वारा विराटनगरको स्वस्तिक फ्लोर मिल्समा छापा , करोडौँ रकम कर छलीको आशंका

राजस्व अनुसन्धान विभागद्वारा विराटनगरको स्वस्तिक फ्लोर मिल्समा छापा , करोडौँ रकम कर छलीको आशंका

  • काठमाडौं र विराटनगर । राजस्व अनुसन्धान विभागले विराटनगरको स्वस्तिक फ्लोर मिल्समा छापा हानेको छ । विराटनगरस्थित तीनपानीमा रहेको स्वस्तिक फ्लोर मिल्समा राजस्व अनुसन्धान विभागले छापा हानी अनुसन्धान गरिरहेको हो ।ठुलो मात्रामा कर छली भएको आशंकामा राजस्व अनुसन्धान विभागको एक टोलीले काठमाडौंबाट विराटनगर गएर गत हप्ता छापा हानेको हो । 

    राजस्व अनुसन्धान विभागको टोलीले विराटनगरका अन्य दुई र काँकडभिटाको एक ट्रान्सपोर्ट कम्पनीको गोदाममा छापा हानेको थियो । स्वस्तिक फ्लोर मिल्सले श्यामबाबा र नन्दबाबा ब्रान्डमा प्रिमियम सुजी,चोकर, प्रिमियम मैदा र प्रिमियम आटा उत्पादन गर्छ । उद्योग स्थापना भएको छोटो समयमै स्थापित हुन सकेको स्वस्तिक फ्लोर मिल्सले  ठुलो मात्रामा कृषि सुधार शुल्क, भ्याट र आयकर छलेको अनुमान राजस्व अनुसन्धान विभागले गरेको छ । सुवास अग्रवाल र श्रवण अग्रवाललगायतले सञ्चालन गरेको स्वस्तिक मिल्सका सञ्चालकहरूको विभिन्न ट्रेडिङ फर्महरू पनि छन् । विगतमा चीनी तथा अन्य खाद्य वस्तुको अवैध कारोबारमा चर्चा कमाएका सुवास अग्रवाल र श्रवण अग्रवालले उद्योग स्थापना गरेको धेरै भएको छैन् । यससम्बन्धमा स्वस्तिक फ्लोर मिल्समा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् । 

    छापा हान्दै गुपचुप विभाग 

    राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढा आएको दुई महिना पुग्नै लाग्यो । यो बीचमा विभागले विभिन्न क्षेत्रमा झण्डै दुई दर्जन भन्दा बढी कम्पनी , उद्योग र फर्महरू छापा हान्यो । विभागको टोलीले भीसीटीएस तथा अन्य बहानामा झण्डै दुईसय मालवाहक सवारी साधनमाथि कारबाही ग¥यो । तर विभागले त्यसको सूचना सहजढगंले दिँदैन । 

    पछिल्लो समय राजस्व अनुसन्धान विभागको  अनुसन्धान शाखा नम्बर २ का निर्देशक शशिकुमार लम्साललगायतको टोलीले विराटनगर, वीरगञ्ज, काठमाडौंलगायतका विभिन्न स्थानका कम्पनी, उद्योग र व्यावसायिक फर्महरू, कन्सल्ट्यान्सीलगायतमा छापा हान्यो । केहीको किनारा पनि लगायो । केहीको अनुसन्धान प्रक्रियामै रहेको छ । अनुसन्धान शाखा नम्बर २ले गुपचुपमा महानिर्देशक चक्रबहादुर बुढाको निर्देशनमा थुप्रै काम गरेको छ । तर विभागले अनुसन्धान सकिसकेका र टुंग्याइसकेका फाइलहरूको समेत सूचना गुपचुप राख्ने गरेको छ ।   

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij