Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images
समाचार टिप्पणी/प्रभाव

राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले घर नमिलाई औद्योगिक व्यापारिक क्षेत्रमा आक्रामक बन्दा विभागको बदनामी

राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले घर नमिलाई औद्योगिक व्यापारिक क्षेत्रमा आक्रामक बन्दा विभागको बदनामी

  • काठमाडौं । राजस्व अनुसन्धान विभाग एक पछि अर्को गर्दै विवादमा तानिएको छ । राजस्व अनुसन्धान विभागको महानिर्देशकको कमाण्ड  चक्रबहादुर बुढालेको दुई महिना पनि नपुग्दै राजस्व अनुसन्धान विभाग विवादमा तानिएको हो ।

    यसअघि नया सडकले जेठ ८ गते  नैे  ‘...महानिर्देशकद्वारा अदृश्य शक्ति परिचालनको हल्लाले बजार त्रसित’ शीर्षकमा समाचार प्रकाशित गरिसकेको थियो । यस्तो छ त्यसबेला प्रकाशित भएको समाचार पूर्णपाठ पढ्नुहोस् ।

    समाचार आएको एक महिना बितिसक्दा पनि महानिर्देशक बुढा नसुध्रिँदा राजस्व अनुसन्धान विभाग अत्यन्तै बदनाम भएको छ । अन्ततः अदृश्य शक्ति परिचालन भएको कुरा आज मंगलबार संसदमा समेत कुरा उठेको छ । 

    घर मिलाउन अक्षम बुढा

    राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले घर मिलाउन नसक्दा अन्ततः राजस्व अनुसन्धान विभाग झन् बदनाम हुन पुगेको छ । पोल्टाको सम्हाल्नुको साटो भूइँको टिप्न खोज्दा महानिर्देशक बुढा झन् समस्यामा परेका छन् । महानिर्देशक बुढाले राजस्व अनुसन्धान विभागका अनुसन्धान शाखाहरूमा  कार्यरत निर्देशकहरू तथा शाखाहरूमा कार्यरत कर्मचारीहरू र विभाग अन्तर्गतका चारवटा कार्यालयमा कार्यरत प्रमुख र कर्मचारीहरूलाई विश्वासमा लिई समानुपातिक ढंगले कामको बाँडफाँट तथा वितरण गर्न नसक्दा विभाग असन्तुलित थियो । बुढाले घरभित्रका परिवारलाई विश्वासमा लिई समानुपातिक ढंगले कामको बाँडफाँट गर्नुमा सेटिङमा बाहिरबाहिरै अदृश्यशक्ति परिचालन गर्दा सन्तुलन झन् बिग्रियो र विभागको साख झनै गि¥यो ।

    बजार झनै त्रसित

    राजस्व अनुसन्धान विभागको पछिल्लो क्रियाकलापले देशभरका उद्योगी व्यवसायी झनै त्रसित बनेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले बिना अध्ययन अनुसन्धान मनलाग्दी रुपमा छापा हान्ने, फोन गर्दै उद्योगी व्यवसायीलाई तर्साउने ,विभिन्न भन्सार बिन्दुबाट जाँचपास भएर छुटेका गाडीहरू राजस्व अनुसन्धानमा ल्याउने र अतिरिक्त पैसा तिराउने कार्यले आर्थिक सुस्ताका कारण शिथिल बनेको बजार झन् आतंकित बनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij