Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

चिनियाँ उपविदेशमन्त्री सुन रित्तै फर्के , बीआरआई कार्यान्वयनमा भएन  हस्ताक्षर

चिनियाँ उपविदेशमन्त्री सुन रित्तै फर्के , बीआरआई कार्यान्वयनमा भएन  हस्ताक्षर

  • काठमाडौं । नेपाल चीनबीच चिनियाँ राष्ट्रपति सी चिनफिङ संरक्षित बेल्ट एन्ड रोड इनसिएटिभ(बीआरआई)को कार्यान्वयनसम्बन्धी विषयमा कुनै हस्ताक्षर भएन ।चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ रित्त नेपाल भ्रमण पुरा गरी फर्किएका हुन् ।तीन दिनको भ्रमणमा बीआरआईको विषयमा ठोस परिणाम लिएर जाने अपेक्षाका साथ नेपाल आएका चिनियाँ उपविदेशमन्त्री सुन रित्तै फकिए ।

    सोमबार नेपाल आएका चिनियाँ उपविदेशमन्त्री सुनले स्वदेश फर्किनु अघि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए । 
    नेपालले १२ मे २०१७ मा बीआरआईमा हस्ताक्षर गरेको थियो । तर अहिलेसम्म त्यसमा कुनै पनि ठोस काम हुन सकेको छैन् । बीआरआई नेपाललाई ऋणमा डुबाउने खालको योजना भएको भनी यसका आलोचकहरूले आलोचना गरिरहेका छन् ।

    तर अमेरिकाको एमसीसी परियोजनालाई संसदमा पारित गरिरहँदा बाहिर सडकमा आगो बलिरहेको थियो । सडकमा चर्को विरोधका बाबुजद अमेरिकाको एमसीसी परियोजना सदनबाट पारित हुनु र नेपाल सरकारले बीआरआईलाई अगाडि बढाउन उत्सुकता नदेखाइरहेको विषयमा चीन चिन्तित भइरहेको यो मामिलासँग निकट स्रोतको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij