Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा भोलि बिहान हुने


नया सडक

२०८१, असार १२ बुधबार

  • 666
    Shares

  • माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा भोलि बिहान हुने

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक हुने भएको छ । आजै नतिजा सार्वजनिक गर्ने गरी बोर्ड बैठक बसेको भएपनि केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गरिने भएको हो ।

    परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी सार्वजनिक गरेअनुसार  आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको थियो । त्यस्कै डेमो परीक्षा नियन्त्रक कार्यालयले गरिरहेको छ । हस्ताक्षरसहित सबै प्रक्रया पूरा गर्दा रात पर्ने भएकाले भोलि बिहान ७ बजे फेरि बोर्ड बैठक बोलाइ निर्णय लिइने भएको छ ।

    १५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ सहभागी विद्यार्थीहरूको यो वर्षदेखि लेटर ग्रेडिङ गरी नतिजा सार्वजनिक गर्न लागिएको हो । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्ने छ ।

    यसरी वर्गीकृत परीक्षामा  विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २६.२५ अंक नपाएमा विद्यार्थीलाई ननग्रेडिङमा राखिने छ । अर्थात त्यो विद्यार्थीलाई ११ पढ्न योग्य मानिने छैन् । विद्यार्थीलाई  २ विषयमा ग्रेड वृद्धि परीक्षा दिन अवसर हुने छ । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस