Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

यो वर्ष माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा दिनेहरूमा आधा भन्दा बढी फेल


नया सडक

२०८१, असार १३ बिहीबार

  • 465
    Shares

  • यो वर्ष माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा दिनेहरूमा आधा भन्दा बढी फेल

    काठमाडौं । यो वर्षको मध्यामिक शिक्षा परीक्षा( एसईई ) परीक्षा दिएका मध्ये आधा भन्दा बढी फेल भएका छन् ।फेल भएकाहरूलाई ११ कक्षामा पढ्न स्तरोन्नति ग्रेडिङको परीक्षा पास गर्नुपर्ने छ ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गरी परीक्षामा सहभागी कुल विद्यार्थीहरू मध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएको जनाएको हो ।

    जसमध्ये १८६ जनाको ४ जीपीए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । २२१ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । नियमिततर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २ लाख ४२ हजार ९२ को ननग्रेडिङ वा एनजी आएको हो ।यो पटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । यो लेटर ग्रेडिङ पद्धति तेस्रो संशोधनसहित प्रावधान गरिए अनुसार सैद्धान्तिकतर्फ ३५ प्रतिशत अंक  नल्याउने विद्यार्थी फेल अर्थात् ‘नन ग्रेडेड’ (एनजी)मा वर्गीकरण गरिएको छ ।

    जसमा सैद्धान्तिक ७५ पूर्णांकका  विषयमा कम्तीमा २७ अंक र र आन्तरिक मूल्यांकनमा २५ पूर्णांकमा कम्तीमा १० अंक प्राप्त गर्नै पर्ने हुन्छ ।अर्थात् जम्मा १०० पूर्णांकमा  कम्तीमा ३७ अंक ल्याउनुपर्ने हुन्छ । त्योभन्दा कम अंक आउनेको हकमा ‘एनजी’ आउनेछ । दुई विषयमा ‘एनजी’ आएको विद्यार्थीले एक महिनापछि हुने पूरक परीक्षामा सामेल हुन पाउने बोर्डले जनाएको छ ।एसईई नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिनेछ ।  आइभीआरका लागि नेपाल टेलिकमको ल्यान्ड लाइन फोन तथा मोबाइलबाट १६०० डायल प्राप्त निर्देशनअनुसार नतिजा थाहा पाउन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस