Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

सरकारले मोबाइलको सिमकार्ड निकाल्न राष्ट्रिय परिचय पत्र अनिवार्य बनायो


नया सडक

२०८१, असार १३ बिहीबार

  • 666
    Shares

  • सरकारले मोबाइलको सिमकार्ड निकाल्न राष्ट्रिय परिचय पत्र अनिवार्य बनायो

    काठमाडौं ।  सरकारले मोबाइलको सिमकार्ड लिन राष्ट्रिय परिचयपत्र अनिवार्य पेश गर्नुपर्ने कानुन बनाएको छ । यो आगामी माघ १ गतेदेखि मोबाइलको सिमकार्ड लिन राष्ट्रिय परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने भएको हो । सोमबार राजपत्रमा प्रकाशित सूचनामा टेलिफोन तथा सिमकार्डसम्बन्धी सेवाका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने उल्लेख गरिएको छ । 

    गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार सरकारी निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न अब नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेश गर्नुपर्नेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा यस्तो निर्णय गरिएको सूचनामा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस