काठमाडौं । आज नेप्से परिसूचक ८.२४ अंकले घट्यो २०५१.९२ विन्दुमा आएको छ । आज ३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा समूहको सूचकमात्र सकारात्मक देखिएका छन् ।
यस दिन ३३३ कम्पनीको ८९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ करोड ७६ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ ।आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र इदी मर्दी आरबी हाइड्रोपावर परेका छन् ।