Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

लेखक कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको संक्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण


२०८१, असोज ४ शुक्रबार

  • 630
    Shares

  • लेखक कार्ल विक्रम थापाद्वारा  लिखित ‘अमेरिकाको संक्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण

    काठमाडौँ । लेखक कार्ल विक्रम थापाद्वारा लिखित पुस्तक ‘अमेरिकाको संक्षिप्त  इतिहास र संविधान’को एक कार्यक्रमको आयोजना गरी  लोकार्पण गरिएको   छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा बिहीबार आयोजित कार्यक्रममा  लेखक थापाद्वारा लिखित पुस्तक ‘अमेरिकाको संक्षिप्त  इतिहास र संविधान’ लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य वामदेव गौतम, नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा र पूर्वमन्त्री तथा नेकपा(माओवादी केन्द्र)कि केन्द्रीय सदस्य कल्पना धमला लगायत संयुक्त रूपमा  सो पुस्तक लोर्कापण गरेका थिए ।

    पुस्तकका सन्दर्भमा अमेरिकाका लागि नेपालका पूर्व राजदूत तथा हाल भारतका लागि नेपाली राजदूत शंकर शर्मा र त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक प्रा.डा. सुरेन्द्र केसीले टिप्पणीसहितका धारणा व्यक्त गरेका थिए। पुस्तकमा अमेरिकी झण्डाको इतिहास, अमेरिकी राष्ट्रिय गान, अमेरिकाको सक्षिप्त  इतिहास र अमेरिकामा रहेका जनजातिहरुको बारेमा विषयवस्तु समावेश गरिएको छ । त्यसैगरी ब्रिटिश शासन तथा औपनिवेशिक काल, स्वतन्त्रता प्राप्ति, संविधान निर्माण र राष्ट्रिय सरकारको स्थापना, दासप्रथा र स्वतन्त्रता भूमि आन्दोलनका  विषयवस्तु पनि पुस्तकमा समेटिएका छन् ।

    पुस्तकमा अमेरिका अन्तर्राष्ट्रिय युद्ध र विकास, दोस्रो विश्वयुद्ध र त्यसपछिको अमेरिका र अमेरिकाका विभिन्न युद्धहरु लगायतका विभिन्न विषयहरुलाई समेटिएको छ । त्यसका साथै अमेरिकाको संविधानका सबै पक्षहरुलाई पुस्तकमा संक्षेपीकरण गरिएको छ । लेखक स्वयमको प्रकाशनमा प्रकाशित उक्त पुस्तक ७१६ पृष्ठको रहेको छ । पुस्तकको मुल्य १ हजार १५० रुपैयाँ तोकिएको छ । लोकार्पण समारोहमा बोल्दै अतिथि वक्ताहरुले अमेरिकाजस्तो विकसित मुलुकको संविधान बारे जान्न बुझ्न चाहानेहरुका लागि उक्त पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे । लोकार्पण समारोहमा बोल्दै लेखक थापाले आफ्नो पुस्तकले अमेरिकाको संविधानको बारेमा नेपाली भाषामा बुझाउने र त्यसका विभिन्न पाटा र पक्षहरुका बारेमा जानकारी गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस