Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

अब क्यूआरबाटै अन्तरदेशीय भुक्तानी गर्न सकिने


नया सडक

२०८१, असार १४ शुक्रबार

  • 612
    Shares

  • अब क्यूआरबाटै अन्तरदेशीय भुक्तानी गर्न सकिने

     

    काठमाडौं । अब क्यूआरबाटै अन्तरदेशीय भुक्तानी गर्न सकिने भएको छ । बिहीबार नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्ने संस्थालाई जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । 

    केन्द्रीय बैंकले नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको खाता आबद्ध विद्युतीय बैंकिङ, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्यूआर कोडमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । नेपालमा कार्यरत भारतीय नागरिकले ती खातामा प्रतिदिन भारु १५ हजार र प्रति महिना १ लाख भारु जम्मा हुने गरी पारिश्रमिकवापतको सटही सुविधा पाउँछन् ।

    यसअघि कार्डबाट मात्रै भुक्तानी गर्न मिल्नेमा अब क्यूआर कोडमार्फत पनि भुक्तान गर्न सकिने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी स्विच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म रिटेल पेमेन्ट स्विचबाट भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको जनाएको छ ।भारतीय रुपैयाँको सटही सुविधा भारत र भुटानमा क्यूआरलगायत विद्युतीय माध्यमबाट हुने मर्चेन्ट पेमेन्ट समेत उपलब्ध हुनेछ ।रेमिट्यान्स रकम पनि इ–बैंकिङ, मोबाइल बैंकिङ, अन्तर बैंक भुक्तानी र क्यूआर कोडमार्फत् भित्र्याउन सकिने भएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस