Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

विजय लघुवित्तले एफपीओ निष्कासन गर्ने , साधारण सभा असार ३० गते


नया सडक

२०८१, असार १४ शुक्रबार

  • 510
    Shares

  • विजय लघुवित्तले एफपीओ निष्कासन गर्ने , साधारण सभा असार ३० गते

     

    काठमाडौं । विजय लघुवित्तको १५ औं वार्षिक साधारण सभा असार ३० गते बोलाएको छ ।साधारण सभा धुलिखेल लज रिसोर्ट धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ ।कम्पनीले एफपीओ निष्कासन गर्ने तयारी गरेको छ ।कम्पनीले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने यसअघि नै जनाइसकेको छ । 

    सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभाले पारित गर्ने कार्यक्रम छ । साधारण सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

    आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।सभा प्रयोजनका लागि कम्पनीले असार १७ गते बुक क्लोज गर्ने भएको छ ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस