Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

लालिगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ


नया सडक

२०८१, असार १६ आइतबार

  • 645
    Shares

  • लालिगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

    काठमाडौँ । प्रहरीले ललितपुरको लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन गरेको भन्दै अध्यक्ष अमरदास श्रेष्ठसहित ४ जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै ललितपुरको पुल्चोकमा रहेकोउक्त सहकारीका बचतकर्ताको रकम अपचलन गरेको भन्दै अध्यक्ष श्रेष्ठ, सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

    उनीहरुले सहकारीका २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रकम अपचलन गरेको हुनसक्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । सहकारीको सञ्चालक समिति र लेखा समितिका ९ जनालाई पक्राउ गर्न ललितपुर अदालतले अनुमति दिएपछि अहिले चार जनालाई बिभिन्न स्थानबाट पक्राउ गरिएको उनले बताए । 

    प्रतिक्रिया दिनुहोस