Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

धितोपत्र बोर्ड अध्यक्ष प्रक्रिया यथास्थितिमा राख्न एकल इजलासको अन्तरिम आदेशलाई संयुक्त इजलासबाट निरन्तरता


नया सडक

२०८१, असार २१ शुक्रबार

  • 471
    Shares

  • धितोपत्र बोर्ड अध्यक्ष प्रक्रिया यथास्थितिमा राख्न एकल इजलासको अन्तरिम आदेशलाई संयुक्त इजलासबाट निरन्तरता

    काठमाडौं। सर्वोच्च अदालतको संयुक्त इजलासले नेपाल धितोपत्र बोर्ड अध्यक्ष प्रक्रिया यथास्थितिमा राख्न नयाँ छनौट प्रक्रिया अगाडि बढाउन गरिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया खारेजीपछि सन्तोष नारायण श्रेष्ठले हालेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेशलाई नै निरन्तरता दिएको हो ।

    गत मंगलबार न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले गरेको निर्णयलाई शुक्रबार न्यायाधीशहरू सपना मल्ल प्रधान र बालकृष्ण ढकालको संयुक्त इजलासले छनौट प्रक्रिया यथास्थितिमा राख्न आदेशलाई निरन्तरता दियो । अर्को पेशी साउन दोस्रो सातालाई तोकिएको छ।

    धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए। त्यसमध्ये ५ जना सर्टलिस्टमा परेका थिए। ५ मध्ये तीन जना अन्तर्वार्तामा सामेल भएनन् । कानुनी व्यवस्था अनुसार, तीन जनाको नाम नियुक्तिका लागि सिफारिस गर्नुपर्ने थियो । तर दुई जना मात्र अन्तर्वार्तामा  मात्र सामेल भएको विषय छनौट समितिमा विवादित बन्न पुग्यो ।

    यसबारे अर्थ मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयसँग राय पनि मागेको थियो । महान्यायाधिवक्ताको कार्यालयले तीन जना वा सो भन्दा बढी सिफारिस गरी पठाउन सकिने खालको जवाफ पठाएको थियो । तर छनौट समितिमा अर्थ सचिव मधु मरासिनीले विवाद हुने भएकोले सिफारिस गर्न नमानेपछि मन्त्रालयले छनौट प्रक्रिया खारेज गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस