Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

पत्रकार दर्नालको ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’ सार्वजनिक

पत्रकार दर्नालको ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’ सार्वजनिक

  • काठमाडौँ । पत्रकार सुशील दर्नालद्वारा लिखित ‘राससमा दलित प्रतिनिधित्व र विषयवस्तु’  नामक अनुसन्धानमूलक पुस्तक सार्वजनिक भएको छ ।  

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज यहाँ आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गर्नुभएको हो । पुस्तकमा नेपालको संविधानले दलित समुदायका अधिकार सुनिश्चित गरिएको अवस्थामा राष्ट्रिय समाचार समिति ९रासस० मा मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपमा पछि परेको दलित समुदायको भौतिक सहभागितालाई अध्ययन गरिएको छ । राससमा सम्प्रेषण गरेका दलितसम्बन्धी समाचारलाई विश्लेषण, राससको ऐन, विनियमावली, सम्पादकीय नीति र अन्य दलितसम्बन्धी व्यवस्थालाई समेत हेरिएको छ । 
     
    “विसं २०७५ वैशाख, जेठ र असारमा क्रमशः एक दशमलव ०३, शून्य दशमलव ७९ र शून्य दशमलव ७३ प्रतिशत दलितसम्बन्धी विषयवस्तु सम्प्रेषण भएको देखियो, तीन महिनामा सम्प्रेषित दलितसम्बन्धी जम्मा समाचार सङ्ख्यामध्ये सबैभन्दा बढी सकारात्मक विभेद तथा सुधारका प्रयाससम्बन्धी समाचार सम्प्रेषण भएको देखियो । फलोअप समाचार कम देखियो”, पुस्तकमा भनिएको छ । राससको कूल दरबन्दीमा दलित समुदायको सहभागिताबारे पनि उल्लेख गरिएको छ । जसमा राससको कूल दरबन्दीमा एक दशमलव ८६ प्रतिशत मात्रै दलित समुदायको प्रतिनिधित्व छ । 

    राससले दलित र समाजमा पछि परेका समुदायको समाचार सम्प्रेषणका लागि ठोस नीति तय गर्नुपर्ने पुस्तकमा औँल्याइएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij