Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

साउनको पहिलो साता लचिलो मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक


नया सडक

२०८१, असार २४ सोमबार

  • 459
    Shares

  • साउनको पहिलो साता लचिलो मौद्रिक नीति ल्याउँदै राष्ट्र बैंक

    काठमाडौं । साउनको पहिलो सातासम्म मौद्रिक ल्याउने तयारी भइरहेको छ । संसदमा नयाँ सरकारको तयारी भइरहेसँगै नयाँ मौद्रिक नीतिमा त्यसको प्रभाव पर्ने अड्कल काटिन थालिएको हो ।यसै विषयमा आज सोमबार अर्थ समितिको बैठक भइरहेको छ । २ बजे बस्न लागेको अर्थ समितिको बैठकमा केन्द्रीय बैंकका गर्भनर र अर्थ सचिवसँग आउन लागेको मौद्रिक नीतिको विषयमा छलफल हुन लागेको हो ।

    सरकारले बजेट सदनमा प्रस्तुत गरी पारित गराइसकेपछि मौद्रिक नीति आउने गरेको छ । यसै क्रममा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेको छ । राष्ट्र बैंकका गभर्नरले वितेका केही दिन यतादेखि लचिलो मौद्रिक नीति आउने बताउँदै आएका छन् । विभिन्न अर्थशास्त्रीहरूले पनि केन्द्रीय बैंकलाई लचिलो मौद्रिक नीति ल्याउन अनुकूल समय भएको टिप्पणी पनि गरिरहेका छन् । 

    साउन पहिलो साता भित्र मौद्रिक नीति ल्याउने तयारीमा रहेको नेपाल राष्ट्र बैंकका  गभर्नर महाप्रसाद अधिकारीले आउने मौद्रिक नीति थप लचिलो आउने बताएका छन् । उनका अनुसार मौद्रिक नीति खुकुलो हुँदै आएको र थप खुकुलो हुने छ ।विगतमा विदेशी मुद्रा सञ्चिति घटदो अवस्थामा रहेकाले  डेढ वर्षदेखि अपनाइएको कसिलो मौद्रिक नीति बाध्यता भएको प्रष्टीकरण दिँदै गर्भनर अधिकारीले पछिल्लो समय नीति नरम हुन थालेको बताए ।

    अर्थ समितिको आज बस्न लागेको बैठकको ठिक सात दिन पहिले गत सोमबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी मौद्रक नीतिका बारेमा आयोजित कार्यक्रममा गर्भनर अधिकारीले  मौद्रिक नीतिमा थप लचकता अपनाइने धारणा सार्वजनिक गरेका थिए ।निर्माण क्षेत्रमा समस्या रहेकाले शिथिलता चिर्न आगामी बजेट आएको बताउँदै उनले  त्यसलाई त्यसलाई सघाउने गरि मौद्रिक नीति ल्याउन राष्ट्र बैंकका कर्मचारीहरूले मगज खियाइरहेका छन् ।

    बैंकमा रहेको मौज्दातालाई व्यवसायीहरूले उपयोग गर्न उत्साही नदेखिएको अवस्था छ । उद्योगी व्यवसायीहरूले बैंकिङ क्षेत्रको तरलताको सदुपयोग गर्नुपर्ने बताउँदै गर्भनर अधिकारीले बैंकको मौज्दातको सदुपयोग गर्न भने । साथै गर्भनर अधिकारीले अतिरिक्त नयाँ संयन्त्रको निर्माण गरेको र  अतिरिक्त संयन्त्रबाट हामीलाई नयाँ प्राविधिक सहयोग प्राप्त हने बताउँदै मौद्रिक नीति थप लचिलो हुने विश्वास व्यक्त गरे ।

    विगतमा कसिलो मौद्रिक नीति ल्याउँदा गर्भनर अधिकारीलाई कतिपय पक्षबाट आलोचना खेप्नुपरेको थियो । बैंकिङ क्षेत्रको तरलता व्यवस्थापन गर्दै राष्ट्रबैंकले गत महिना यता दुई खर्ब जति तरलता सोसिसकेको छ । बजेट पछि मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउन र तरलताको सदुपयोग गर्न पाउने खालको वतावरण बनाउने विश्वास अर्थतन्त्रका समस्त खेलाडीहरूको रहेको छ ।

    प्रतिक्रिया दिनुहोस