Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

रिलायन्स स्पिनिङ मिलसको आईपीओ रोक्न उच्च अदालतको आदेश


नया सडक

२०८१, असार २७ बिहीबार

  • 495
    Shares

  • रिलायन्स स्पिनिङ मिलसको आईपीओ रोक्न उच्च अदालतको आदेश

    काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोक्न आदेश दिइएको छ ।उच्च अदालत, पाटनले रिलायन्सको आईपीओ तत्कालका लागि रोक्न अन्तरकालीन अन्तरिम आदेश दिएको हो । बिहीबारदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने तयारी रिलायन्सको थियो ।

    रिलायन्सको आईपीओ निष्कासन गर्दा बुक बिल्डिङ विधिको दुरुपयोग भएको, तथ्यांक र प्रक्षेपण तोडमतोड गरिएको, लेखा परीक्षणमा समस्या रहेको लगायतका विषय राखी  यसमा लगानी गर्दा सर्वसाधारणको हित नहुने भनी हरिबहादुर केसीसहितका लगानीकर्ताले अदालतमा रिट निवेदन दिएका थिए ।

    रिलायन्सको आईपीओ निष्कासन तत्काल रोकेर फेरि मूल्यांकन गरी मूल्य तोक्न माग गर्दै अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डविरुद्ध दायर  रिट निवेदनमा उच्च अदालतले यस्तो आदेश दिएको हो । उच्च अदालतले अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्न दुवै पक्षलाई साउन १४ गते छलफलका लागि बोलाएको छ ।

    संसद्को सार्वजनिक लेखा समितिले रिलायन्सको आईपीओबारे चासो राखेर मंगलबार स्पष्टीकरण सोधेको थियो । त्यसपछि बुधबार नेपाल धितोपत्र बोर्डले रिलायन्सको आईपीओ रोक्न निर्देशन दिइसकेको छ।

    प्रतिक्रिया दिनुहोस