Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

निर्माण व्यवसायी मर्कामा, भएन साठी अर्ब भुक्तानी


नया सडक

२०८१, असार २७ बिहीबार

  • 417
    Shares

  • निर्माण व्यवसायी मर्कामा, भएन साठी अर्ब भुक्तानी

    काठमाडौँ । चालु आर्थिक वर्ष समाप्त हुन चार दिन बाँकी रहँदा आफूहरूले  राज्यबाट रु ६० अर्ब भुक्तानी लिन बाँकी रहेको बताएका छन् । 

     नेपाल निर्माण व्यवसायी महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै भुक्तानीको अविलम्ब व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

     महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको अर्बौैं रकम भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरु नै बन्द हुने स्थिति उत्पन्न भएको बताउनुभयो ।

     “बैंकको किस्ता र अन्य कर तिर्न नसकी हजारौं व्यवसायी मात्र प्रताडित भएका छैनन्, उनीहरूमा आश्रित उद्योग तथा परिवारमा  मनोवैज्ञानिक दबाब परेको छ” अध्यक्ष सिंहले भन्नुभयो । 

     आर्थिक वर्षको अन्त्यमा  स्रोत सुनिश्चिता नभई ठेक्का लगाएकाले रकमान्तर गर्न नसकिने जनाउ अर्थ मन्त्रालयले  दिएका कारण हजारौं व्यवसायी प्रभावित भएका उहाँले बताउनुभयो ।
     
     यही २०८१ असार मसान्तसम्ममा सबै रकम भुक्तानी नदिए बाध्य भएर आन्दोलन गर्नुको कुनै विकल्प नभएको उहाँले बताउनुभयो । विभिन्न जिल्लाका आफ्ना सहकर्मी आन्दोलनमा उत्रिएका जानकारी दिँदै उहाँले त्यस्तो परिस्थिति ननिम्तियोस् भन्नेमा आफूहरू रहेको अध्यक्ष सिंहले बताउनुभयो । –––

    प्रतिक्रिया दिनुहोस