Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

मन्त्रिपरिषदद्वारा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र बनाउन नपर्ने गरी काम गर्न गृहलाई निर्देशन

मन्त्रिपरिषदद्वारा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र बनाउन नपर्ने गरी काम गर्न गृहलाई निर्देशन

  • काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र बनाउन नपर्ने गरी पहल लिन गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

    सो  बैठकले बाढीपहिरोले गर्दा असहज परिस्थिति सिर्जना भएकोले तत्कालका लागि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने गरी पहल लिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन्।

    सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य भनेपछि विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा बृद्धबृद्धा सेवा लिन पुगेका थिए।

    प्रवक्ता शर्माले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र लागू गर्ने निर्णय भएकोमा मुलुक विभिन्न स्थानहरूमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि पत्र आवश्यक नपर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij