Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

आज कोशी, मधेस, बागमती, गण्डकी , लुम्बिनी,सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने ,सतर्कता अपनाउन आग्रह


नया सडक

२०८१, असार २८ शुक्रबार

  • 450
    Shares

  • आज कोशी, मधेस, बागमती, गण्डकी , लुम्बिनी,सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने ,सतर्कता अपनाउन आग्रह

    काठमाडौँ । आज कोशी, मधेस, बागमती, गण्डकी , लुम्बिनी,सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुन भएको छ ।  मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानहरूमा हल्का देखि मध्यम वर्षा  भइरहेको छ। 

    आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेस, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  केहि  स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  एक–दुई स्थानमा अति भारी  वर्षाको सम्भावना रहेको छ। 

    आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेस, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र  गण्डकी प्रदेशका  एक–दुई स्थानमा धेरै भारी  वर्षाको सम्भावना रहेको छ। 

     

    प्रतिक्रिया दिनुहोस