Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

बैंकिङ्ग प्रणालीमा निक्षेप थुप्रिएपछि वाणिज्य बैंकहरूले घटाए ब्याजदर


नया सडक

२०८१, असार ३१ सोमबार

  • 384
    Shares

  • बैंकिङ्ग प्रणालीमा निक्षेप थुप्रिएपछि वाणिज्य बैंकहरूले घटाए ब्याजदर

    काठमाडौं । बैंकिङ्ग प्रणालीमा निक्षेप थुप्रिएपछि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । निरन्तर ब्याजदर घटाउँदै आएका बैंकहरूले साउनमा पनि कायम राख्दै सामान्य बिन्दुले मुद्दती निक्षेपतर्फ ब्याजदर घटाएका हुन् ।यसअघि पनि ब्याजदर धेरै घटिसकेकाले साउनमा बैंकहरूले न्यून बिन्दुमा घटाएका हुन् । बैंकहरूसँग प्रयाप्त निक्षेप रहेको र उक्त रकम राष्ट्र बैंकमा राख्नु परेको बैंकरहरूको भनाइ छ । बजारमा ४ सय अर्ब रुपैयाँ बैंकहरूसँग सर्पलस रहेको र कर्जाको माग नभएपछि ३ प्रतिशतमा राष्ट्र बैंकको स्ट्याण्डर्ड डिपोजिट फेसिलेटिजमा राख्नु परेको बैंकरहरू बताउँछन् ।

    साउनमा वाणिज्य बैंकहरूको औसत ब्याजदर ०.१३ प्रतिशत घटेर व्यक्तिगततर्फ ६.६७ प्रतिशत र संस्थागततर्फ ०.१८८ प्रतिशत घटेर ५.४३ प्रतिशत कायम भएको छ । तर, यस अवधिमा कृषि विकास बैंक र एभरेष्ट बैंकले भने ब्याजदर बढाएका छन् । कृषि विकासले ०.६३२४ प्रतिशत र एभरेष्टले ०.५५ प्रतिशत ब्याजदर बढाएका हुन् ।

    नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नबिल बैंकले असारको ब्याजदरलाई साउनमा पनि यथावत राखेका छन् । स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगततर्फ, कृषि विकासले संस्थागततर्फको ब्याजदर स्थिर राखेका छन् ।

    कृषि विकास बैंकले व्यक्तिगततर्फको ब्याजदर बढाएर ६.२९९५ प्रतिशत र संस्थागततर्फ ४.५१ प्रतिशत  प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ४.५१ प्रतिशत र व्यक्तिगततर्फ ५.६६६१ प्रतिशत ब्याज तोकेको थियो ।

    ग्लोबल आइएमई बैंकले साउनमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।  यसअघि असारमा बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र ब्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याज तोकेको थियो ।

    प्रभु बैंकले संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछन् । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.५ प्रतिशत र ब्यक्तिगततर्फ ७.५ प्रतिशत ब्याज तोकेको थियो ।

    सानिमा बैंकले संस्थागततर्फ ५.१० प्रतिशत र व्यक्तिगततर्फ ६.४० प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.८० प्रतिशत र ब्यक्तिगततर्फ ६.८० प्रतिशत ब्याज तोकेको थियो ।

    नेपाल बैंकले संस्थागततर्फ ४.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र ब्यक्तिगततर्फ ६.७५ प्रतिशत ब्याज तोकेको थियो ।

    सिटिजन्स बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.७५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.९० प्रतिशत र ब्यक्तिगततर्फ ६.९० प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ७.९० प्रतिशत प्रदान गरेको थियो ।

    राष्ट्रिय वाणिज्य बैंकले संस्थागततर्फ ५ प्रतिशत र व्यक्तिगततर्फ ६.२१ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.२० प्रतिशत र ब्यक्तिगततर्फ ६.२२ प्रतिशत ब्याज तोकेको थियो ।

    एभरेष्ट बैंकले संस्थागततर्फ ५.३० प्रतिशत र व्यक्तिगततर्फ ६.३० प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र व्यक्तिगततर्फ ५.७५ प्रतिशत ब्याज तोकेको थियो ।

    नेपाल एसबीआई बैंकले असारको ब्याजदरलाई यथावत राखेको छ । बैंकले साउनमा संस्थागततर्फ ५.३० प्रतिशत र व्यक्तिगततर्फ ६.३० प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ ।लक्ष्मी सनराइज बैंकले असारको ब्याजदरलाई यथावत राखेको छ । बैंकले साउनमा संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याजदर तोकेको छ ।

    bank-interest-rate-saun-2081.png

    माछापुच्छ्रे बैंकले संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ७.५ प्रतिशत ब्याज तोकेको थियो ।

    एनएमबी बैंकले संस्थागततर्फ ६.५३ प्रतिशत र व्यक्तिगततर्फ ७.५३ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.६६ प्रतिशत र व्यक्तिगततर्फ ७.६९ प्रतिशत ब्याज तोकेको थियो ।

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ५ प्रतिशत ब्याज तोकेको थियो ।

    हिमालयन बैंकले संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ८.२५ प्रतिशत ब्याज तोकेको थियो ।

    कुमारी बैंकले संस्थागततर्फ ५.५६ प्रतिशत र व्यक्तिगततर्फ ६.२१ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.६१ प्रतिशत र व्यक्तिगततर्फ ६.७६ प्रतिशत ब्याज तोकेको थियो ।

    प्राइम बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.५० प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.७५ प्रतिशत र व्यक्तिगततर्फ ५.७५ प्रतिशत ब्याज तोकेको थियो ।

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थागततर्फ ७ प्रतिशत र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याज प्रदान गर्नेछ ।

    सिद्धार्थ बैंकले संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.७५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.७५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज तोकेको थियो ।

    एनआईसी एशिया बैंकले संस्थागततर्फ ६.५३ प्रतिशत र व्यक्तिगततर्फ ७.५३ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.६९ प्रतिशत र व्यक्तिगततर्फ ७.६९ प्रतिशत ब्याज तोकेको थियो । (B.N बाट)

    प्रतिक्रिया दिनुहोस