काठमाडौं । वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरिएको छ ।उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालय पुगेर कार्यभार सम्हालेपछि पहिलो निर्णय वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका हुन् ।
पौडेल सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालय पुग्दा उनलाई कर्मचारीले स्वागत गरेका थिए।यससँगै अब ब्लेन्डेड फाइन्यान्स, ग्रीन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले त्यस्तो स्रोत लिन सहज हुने भएको छ।
अस्थिरताका कारण अर्थतन्त्रमा समस्या देखिएको बताउादै अर्थमन्त्री पौडेलले नयाँ गठबन्धन आएपछि अब स्थिरता हुने बताए ।
विगतमा जनताको आत्मविश्वास समेत टुटेकोले अब भने निरासा चिर्ने र आशा जगाउने काम हुनेमा अर्थमन्त्री पौडेलले विश्वास दिलाए ।
शेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा बुझ्नुपर्ने समेत बताउँदै उनले पछिल्ला केही दिनमा जनतामा उत्साह भने देखिएको बताए । शेयर बजार सन्तुलित ढंगले अघि बढाउने गरी काम गर्ने गरिने उनको भनाइ थियो ।