काठमाडौं । सिद्धार्थ इन्टरनेशनल होटलले प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । आइपीओ निष्कासन तथा विक्री प्रबन्धकमा कम्पनीले मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
सो सम्बन्धी सम्झौतापत्रमा मंगलवार विहान सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपाने र मुक्तिनाथ क्यापिटलका तर्फका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा अध्यक्ष न्यौपानेले चालू आर्थिक वर्षमै आईपीओ निष्कासन गरिने बताए । उनका अनुसार कुल जारी पूँजीको १० प्रतिशत शेयर सर्वसाधारणमा जारी गरिनेछ ।