Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

ग्रामीण तथा दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी कार्ययोजना बनाउन मन्त्री यादवको निर्देशन


नया सडक

२०८१, साउन २ बुधबार

  • 339
    Shares

  • ग्रामीण तथा दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी कार्ययोजना बनाउन मन्त्री यादवको निर्देशन

    काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले ग्रामीण तथा दुर्गम क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजना बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

    आज मन्त्रालय र मातहत निकायका काम कारबाहीबारे जानकारी लिनुहुँदै उहाँले दीर्घकालीन र दिगो खानेपानी योजना विकास तथा कार्यान्वयनमा विशेष ध्यान दिन निर्देशन दिनुभयो ।  

    प्रविधिको नवीनतम प्रयोगद्वारा खानेपानी वितरण प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुहुँदै उहाँले सुरक्षित खानेपानीको महत्वबारे जनचेतना जगाउने कार्यक्रम अगाडि बढाउनसमेत ध्यान दिनुपर्ने धारणा राख्नुभयो । “सबै नेपाली नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु मेरो मुख्य प्राथमिकता होे । आधुनिक प्रविधिको प्रयोगद्वारा खानेपानी वितरण प्रणाली सुधार्न र मन्त्रालयका कामकारबाहीलाई पारदर्शी एवं उत्तरदायी बनाउनुपर्नेछ । यसकार्यमा म सधैँ प्रतिबद्ध छु । सोहीअनुसार तपाईंहरूबाट पनि सहयोगको अपेक्षा गरेको छु”, उहाँले भन्नुभयो । 

    अनुगमन, मूल्याङ्कन र कार्यसम्पादननो प्रभावकारिता मापन गर्ने प्रणालीको विकास गर्न पनि आवश्यक रहेकामा उहाँको जोड थियो ।

    प्रतिक्रिया दिनुहोस