Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

‘नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ’


नया सडक

२०८१, साउन २ बुधबार

  • 399
    Shares

  • ‘नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ’

     

    काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवीकरणीय ऊर्जा क्षेत्रको महत्वलाई ऊजागर गर्दै नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

     

    नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेल नवीकरणीय ऊर्जा क्षेत्रको विकासका लागि सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । 

     

    कार्यक्रममा परिसङ्घका अध्यक्ष गुणराज ढकालले ऊर्जा क्षेत्रको विकासमा नवगठित सरकारबाट सहयोग र समर्थनको अपेक्षा गर्नुभएको थियो । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घले देशको ऊर्जा क्षेत्रको प्रगति र विकासका लागि निरन्तर क्रियाशील रहँदै आएकाले आफूहरू सरकारसँग निकट रहेर यस क्षेत्रको विकासमा सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो । 

     

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कासँग पनि भेट

        

    परिसङ्घको टोलीले आजै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग पनि भेट गरेको थियो । आज मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताउनुभयो । यस क्षेत्रको विकासका लागि सरकारले खेल्नुपर्ने भूमिकाबारे लिखित रूपमै सुझाव उपलब्ध गराउन उहाँले निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।   

     

    परिसङ्घअन्तर्गतको नेपाल सौर्य विद्युत् उत्पादक सङ्घका महासचिव दीपक गौतमले देश विकासका लागि नवीकरणीय ऊर्जालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । नेपाल नवीकरण ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले ऊर्जा क्षेत्रको विकासमा नवगठित सरकारबाट सहयोग र समर्थनको अपेक्षा गर्नुभयो । 

     

    परिसङ्घमा हाल नेपाल सौर्य विद्युत् उत्पादक सङ्घ, नेपाल लघुजलशक्ति विकास संस्था, नेपाल बायोग्यास प्रवर्द्धन सङ्घ, जल तथा ऊर्जा परामर्शदाता सङ्घ नेपाललगायत संस्थाका पदाधिकारीले उहाँहरूको कार्यकाल सफल र फलदायी होस् भन्ने कामना गर्नुभएको थियो । 

     

    आजै परिसङ्घले ऊर्जा क्षेत्रको विकासका निम्ति गर्नुपर्ने कार्यका लागि गठित कार्यदलका संयोजक तथा ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालसँग पनि भेटगरी ऊर्जा क्षेत्रको विकासका लागि तत्कालीन र दीर्घकालीन कार्ययोजनामा नवीकरणीय ऊर्जा क्षेत्रका प्राथमिकताबारे ध्यानाकर्षित गराएको छ ।

    प्रतिक्रिया दिनुहोस