Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

आजको मौसम : देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


नया सडक

२०८१, साउन २ बुधबार

  • 408
    Shares

  • आजको मौसम : देशभर  भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशभर हाल आंशिकदेखि साधारणतया बदली रही केही प्रदेशमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिमका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।बागमती र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षा पनि भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

    कोशी, बागमती, गण्डकी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाले बागमती, गण्डकी र कर्णाली प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि आँकलन गरेको छ ।

    आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस