काठमाडौं । राष्ट्रिय प्राथमिकतामा परेका प्राप्त आयोजनामा दुई ‘सिफ्ट’ मा काम गर्ने व्यवस्था मिलाउन विकासे मन्त्रालयहरूसँग आग्रह गरिएको छ ।
अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१÷८२ का लागि बजेट कार्यान्वयन मार्गदर्शन पठाउँदैे यस्ता आयोजनामा दुई सिफ्टमा काम गर्न भनेको हो ।
आयोजनाको प्रभावकारी कार्यान्वयन गरी तोकिएको समयमा सम्पन्न गर्न आन्तरिक प्रतिस्पर्धाका आधारमा आयोजना प्रमुख छनोट गर्न र कार्यसम्पादन सम्झौतामा तोकिए अनुसार न्यूनतम अंक हासिल गर्न नसकेको अवस्थामा बाहेक आयोजना अवधिभरि सरुवा नगर्न समेत विकासे कार्यालयहरूलाई आग्रह गरिएको छ ।
विनियोजन ऐन २०८१ बमोजिम स्वीकृत वार्षिक आयोजना÷कार्यक्रम सम्पन्न गर्ने अवधिभरिका लागि जनशक्ति योजना सहित आवश्यक करार तथा अस्थायी पदपूर्ति साउन मसान्तभित्र स्वीकृत गराउन पनि अर्थले भनेको छ ।
साथै अर्थले बजेटमा नपरेका आयोजना÷कार्यक्रम अगाडि नबढाउन भन्दै यस्ता कार्यक्रम अगाडि बढाए त्यसको जिम्मेवारी स्वयम् पदाधिकारीले लिनुपर्ने चेतावनी समेत दिएको छ ।