Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

सर्वोच्चको आदेश बमोजिम कर्मचारीको तलब बढाउँदै सरकार


नया सडक

२०८१, साउन २ बुधबार

  • 702
    Shares

  • सर्वोच्चको आदेश बमोजिम कर्मचारीको तलब बढाउँदै सरकार

    काठमाडौं । सरकारले सहसचिव, उपसचिव र अधिकृतस्तरका कर्मचारीको तलब बढाउन गृहकार्य थालेको छ । गत १० असारमा सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेपछि अर्थ मन्त्रालयले अधिकृतस्तरका कर्मचारीको तलब बढाउन गृहकार्य सुरु गरेको हो ।

    अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव उत्तरकुमार खत्रीले अदालतको परमादेश पछि तलब बढाउन अध्ययन भइरहेको जानकारी सार्वजनिक गरेका छन् ।कुन तहका कर्मचारीको तलब कति बढाउने अध्ययनपछि मन्त्रिपरिषदमा प्रस्ताव पठाइने र मन्त्रिपरिषद्बाट निर्णय भएअनुसार नै तलब बढ्ने जनाइएको छ ।

    सरकारले चालु आर्थिक वर्ष २०८१÷८२मा कर्मचारीको तलब नबढाए पनि अदालतको आदेशका कारण शाखा अधिकृत र सोभन्दा माथिल्लो स्तरका कर्मचरीको तलब बढाउनुपर्ने अवस्था आएको छ । यसपटक राजत्रांकित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारी लाभान्वित हुने भएका छन् ।

    सर्वोच्चका न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासबाट मर्यादाक्रममा अगाडि रहेका कर्मचारीको तलबमान पछाडि रहेका कर्मचारीको भन्दा बढी हुने गरी तलब निर्धारण गर्न आदेश भएको  थियो ।

    प्रतिक्रिया दिनुहोस