Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

खानेपानीमन्त्री यादव र एडिबीका देशीय निर्देशक अर्नाउडबीच भेट


नया सडक

२०८१, साउन २ बुधबार

  • 321
    Shares

  • खानेपानीमन्त्री यादव र एडिबीका देशीय निर्देशक अर्नाउडबीच भेट

    काठमाडौँ  ।  खानेपानीमन्त्री प्रदीव यादव र नेपालका लागि एसियाली विकास बैंक ९एडिबी० का देशीय निर्देशक अर्नाउड कौकोइसबीच आज मन्त्रालयमा शिष्टाचार भेट  भएको छ ।

    भेटका क्रममा मन्त्री यादवले गुणस्तरीय खानीपानी आपूर्ति तथा व्यवस्थापनका क्षेत्रमा भएका महत्वपूर्ण सहयोगका लागि एडिबीलाई धन्यवाद दिँदै भविष्यमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । मेलाम्ची खानेपानी आयोजनाको मुहानस्थलमा बाढीले पु¥याएको क्षतिलाई दृष्टिगत गरी आवश्यक मर्मतसम्भार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको जानकारी दिँदै उहाँले याङ्ग्री र लार्केको पानीसमेत काठमाडौँमा ल्याउने परियोजना आफ्नै कार्यकालमा पूरा गर्न प्रयास गर्ने बताउनुभयो ।  

    एडिबीका देशीय निर्देशक अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  त्यस अवसरमा खानेपानीको दीर्घकालीन प्रभाव, परियोजनाहरूको सफल कार्यान्वयन र भविष्यमा एडिबीको थप सहयोगको सम्भावनाका बारेमा छलफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस