Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेपाल राष्ट्र बैंकले गर्‍यो ५ विकास बैंक र ३ फाइनान्स कम्पनीलाई कारवाही


नया सडक

२०८१, साउन २ बुधबार

  • 534
    Shares

  • नेपाल राष्ट्र बैंकले गर्‍यो ५ विकास बैंक र ३ फाइनान्स कम्पनीलाई कारवाही

     

    काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमास अवधिमा ५ वटा विकास बैंक र ३ वटा फाइनान्स कम्पनीहरुलाई कारवाही गरेको छ । केन्द्रीय बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, बेष्ट फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्सलाई कारवाही गरेको हो ।

    कर्णाली विकास बैंकले अनिवार्य नगद मौज्दात कायम नगरेपछि २ हजार ५४६ रुपैयाँ जरिवाना गरेको छ । नारायणीको शीघ्र सुधारात्मक कारवाहीलाई निरन्तरता दिइएको छ । कर्पोरेटले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण ढिलो पेश गरेपछि सञ्चालक समितिलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।सिन्धु विकास बैंकलाई न्यूनतम पुँजी कोष अनुपात ३२।९० प्रतिशतले अपुग भएपछि शीघ्र सुधारात्मक कारवाही गरिएको छ । 

    सिन्धुको सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले नियम विपरीत विभिन्न कामहरु गरेपछि उनलाई राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिवाना गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस