Logo

Apr 08 2025 | २०८१, चैत २६गते

Apr 08 2025 | २०८१, चैत २६गते

images

प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन

प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा सम्पूर्ण नेपालीलाई बधाई दिनुभएको छ । 

    इन्टरनेसनल क्रिकेट काउन्सिलले यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । “यस वर्षको आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड नेपालले पाएको छ, बधाई नेपाली”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

    नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ दिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।

    “हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई समर्थन गरिरहेका छौँ, यसका लागि नेपाली खेलाडी,  क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्”, प्रधानमन्त्री ओलीको ‘फेसबुक पेज’मा लेखिएको छ ।
    –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij