Logo

Jun 23 2025 | २०८२, असार ९गते

Jun 23 2025 | २०८२, असार ९गते

images

शेयर बजारको उत्साह बरकरार राख्न अर्थमन्त्री पौडेलले मौद्रिक नीति शुक्रबारै ल्याउन चाहेका हुन् र ?

शेयर बजारको उत्साह बरकरार राख्न अर्थमन्त्री पौडेलले मौद्रिक नीति शुक्रबारै ल्याउन चाहेका हुन् र ?

  • काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारमा देखिएको मौजुदा उत्साह बरकरार राख्न चाहेकाले शुक्रबार मौद्रिक नीति ल्याउन प्रयास गरिरहेका छन् ।अन्यथा केही भएन भने शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक सार्वजनिक गर्ने बैंकका सम्बद्ध स्रोत र अर्थमन्त्री पौडेल निकट स्रोतले जनाएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्री विष्णु पौडेल बन्ने चर्चा चलेयता शेयरमा साँढे उत्साह देखिएको हो ।शेयर बजारमा आएको यो उत्साह कायम राख्न अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नरसँग लामो छलफल गरे ।

    गभर्नर महाप्रसाद अधिकारीले पनि पछिल्ला समय मौद्रिक नीति लचिलो आउने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । मौद्रिक नीति लचिलो आउने र ल्याउन पर्ने चौतर्फी बहस चलिरहेको बेला अर्थमन्त्रीमा पौडेल आएपछि  शेयर बजारमा साताको अन्त्यतिर साढे बाह्र अर्बको कारोबार भयो ।

    शुक्रबार मौद्रिक नीति सार्वजनिक भए र अपेक्षा गरिए अनुसार लचिलो भए शेयर बजारमा आएको उत्साहको प्रवृतिले निरन्तरता पाउने चौतर्फी अपेक्षा गरिएको छ ।अर्थमन्त्री पौडेलले यस्तै अपेक्षामा सकारात्मक बल दिन गभर्नर अधिकारीसँग छलफल गरी शुक्रबार मौद्रिक नीति ल्याउन आग्रह गरेको अर्थमन्त्री निकटहरूको भनाइ रहेको छ ।

    यसअघि १५ साउनसम्म मौद्रिक नीति ल्याउने भनेर केन्द्रीय बैंकका अधिकारीहरूले बताउँदै आएकोमा मंगलबार अर्थमन्त्री  पौडेलले गभर्नर अधिकारीसँग झण्डै दुई घण्टालामो छलफल गरी शुक्रबार मौद्रिक नीति सार्वजनिक  आग्रह गरेका थिए ।धितोपत्र व्यावसायीका प्रतिनिधिहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले शेयर बजारका लागि आफु सकरात्मक पहल गर्ने बताएको व्यवसायीहरूले एक विज्ञप्ति निकालेर जनाएका थिए । राष्ट्र बैंकले पनि मौद्रिक नीति सार्वजनिक गर्न आवश्यक तयारी गरेको बैंक स्रोतले जनाएको छ ।शुक्रबार बोर्डबाट निर्णय गरी मौद्रिक नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।

    सुस्त प्रवृतिमा फसेको अर्थतन्त्रलाई आउन लागेको मौद्रिक नीतिलाई महत्वपूर्ण मानिएको छ । त्यसमा पनि गभर्नर आफैले कसिलो मौद्रिक नीति लचिलो बन्दै आएको र आउने मौद्रिक नीति थप लचिलो आउने भएपछि अर्थतन्त्रका सबै क्षेत्रका खेलाडीहरूको आँखा मौद्रिक नीतिमा नै रहेको छ । त्यो पनि अहिलेको शेयर बजारमा आएको मौजुदा उत्साह बरकारार गर्नका लागि ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij