Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

तिङ्करनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो


नया सडक

२०८१, साउन ३ बिहीबार

  • 345
    Shares

  • तिङ्करनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

    खल¬ङ्गा (दार्चुला)। नेपाल–चीन सीमानाका तिङ्कर आवागमनका निम्ति खुलेसँगै सिमाक्षेत्र वरपर व्यापारीको चहलपहल बढेको छ । बुधबार व्यास गाउँपालिका–१ छाङ्रुका १५ र तिङ्करका १२ गरी २७ जना व्यापारी उक्त नाकाहुँदै चीनको स्वशासित क्षेत्रतर्फ प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो ।

    चीन प्रवेशका लागि दार्चुलाका एक सय ८७ जनाले अनुमति लिएका छन् । कोरोनाकालदेखि बन्द रहेको तिङ्करनाका हालै खुलेको हो । नाकामा अन्य स्थानीय व्यापारी र चिनियाँ नागरिकबीच स्थानीय उत्पादन तथा दैनिक उपभोग्य सामग्री खरिदबिक्री भएको छ ।

    प्रतिक्रिया दिनुहोस