Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

आन्तरिक राजस्व विभागलाई गत आवको भन्दा करिब एक खर्ब बढी राजस्व संकल्न गर्न लक्ष्य दिइयो

आन्तरिक राजस्व विभागलाई गत आवको भन्दा करिब एक खर्ब बढी राजस्व संकल्न गर्न लक्ष्य दिइयो

  • काठमाडौं । सरकारले आन्तरिक राजस्व विभागलाई चालु आर्थिक वर्षमा ७ खर्ब १ अर्ब राजस्व संकलन गर्न लक्ष्य दिएको छ ।गत आर्थिक वर्ष २०८०÷८१ म दिइएको लक्ष्य अनुसार १ खर्ब ४६ अर्ब कम राजस्व संकलन गरेको विभागलाई यो वर्ष गत वर्षको तुलनामा करिब १ खर्ब बढी राजस्व संकलनको जिम्मा दिइएको हो ।

    विभागले गत आवमा ५ खर्ब ३१ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन ग¥यो । गत आवमा ६ खर्ब ७७ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो ।आन्तरिक राजस्व विभागका सूचना अधिकारी आनन्दकुमार गुप्ताले जानकारी सार्वजनिक गरे अनुसार  ७ खर्ब १ अर्बको राजस्व लक्ष्य मुलुकभरिका ८४ वटा आन्तरिक राजस्व कार्यालयहरूलाई क्षमताको आधारमा लक्ष्य निर्धारण गरेर अर्थ मन्त्रालले पठाएको छ । आन्तरिक राजस्व विभागले वार्षिक कार्ययोजना समेत बनाएर अर्थ मन्त्रालयमा पठाइसकेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij