Logo

Jun 22 2025 | २०८२, असार ८गते

Jun 22 2025 | २०८२, असार ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  असार ८ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन्  असार ८ आइतबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  •  

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार ८ आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो

    काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । 

     

    सभाको आजको बैठकबाट युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ र सहकारी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगका सचिवालय र राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकहरुमाथि छलफलमा सांसदहरुको बोल्ने क्रम सकिएको हो । 

     

    त्यसअघि,आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का मुख्य सचेतक महेश बर्तौलाले संसद् सचिवालयमा सांसद समन्वय शाखा स्थापना गर्न सुझाव प्रस्तुत गर्नुभयो । उहाँले सांसदहरुले जनताका आवश्यकता र योजनाका लागि मन्त्रालय धाउने प्रवृत्तिको अन्त्य गर्दै उक्त शाखामा बुझाउन सक्ने धारणा राख्नुभयो ।

    नागरिक लगानी कोषले हिमालयन बैंकको एफपीओ सेयरको प्रत्याभूति गर्ने

    काठमाडौं । नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडद्वारा जारी गरिने थप सार्वजनिक निष्कासन (एफपीओ)सेयरको प्रत्याभूति गर्ने भएको छ। यस सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाबीच हस्ताक्षर भएको हो। सम्झौता अनुसार कोषले बैंकले जारी गर्न लागेको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सेयरको पूर्ण प्रत्याभूति गर्नेछ। यो सम्झौता सम्झौता सम्पन्न भएको मितिबाट तीन महिनासम्म लागू हुनेछ।
     

    आगामी मौद्रिक नीतिमार्फत् शेयर बजारका समस्या समाधान गर्न गभर्नरलाई आग्रह

     

     

    काठमाडौँ । शेयर बजारमा लगानीकर्ताहरूका विभिन्न संघ संस्थाले गभर्नर डा. विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिमा समस्या समाधान आग्रह गरेका छन् ।उनीहरूले गभर्नरलाई कार्यकालको शुभकामना तथा बधाइँ दिँदै यस्तो आग्रह गरेका हुन् ।

    एशियन लाइफ इन्स्योरेन्सले असार २५ गतेदेखि ४२% हकप्रद शेयर निष्कासन गर्दै, साउन १३ गतेसम्म आवेदन दिन सकिने

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदेखि ४२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हालको चुक्तापूँजीको आधारमा प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा हकप्रद शेयर जारी गर्न लागेको हो।

    यो योजनाअनुसार कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२।४८ कित्ता शेयर निष्कासन गर्नेछ। यसका लागि जेठ १६ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा जेठ १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

    ग्रामीण विकास लघुवित्तको १०औं वार्षिक साधारण सभा असार २८ गते, मर्जर प्रस्ताव पनि स्वीकृत गर्ने

     

    काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार २८ गते आफ्नो दशौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको असार ५ गते बसेको बैठकले, केन्द्रीय कार्यालय बुटवलबाट भर्चुअल माध्यमद्वारा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू पारित गरिनेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्तावमा निर्णय लिइनेछ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक : दाङमा चार सय शय्याको अस्पताल निर्माण सुरू गरिने

    काठमाडौँ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ ।

     

     

    प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४०० शय्या ९बेड०को अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम पारित गरेको हो ।

    शेयर बजार  : नेप्से परिसूचकमा ३२.१६ अंकले घटेर २५९६.७४  बिन्दुमा, ९ अर्ब १४ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ३२.१६ अंकले घटेर २५९६.७४   बिन्दुमा आएको छ । आज  ९ अर्ब १४ करोड बढीको सेयर कारोबार भएको छ ।

     

    तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो

    मन्थली । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा नं ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोसी नदीमा निर्माणाधीन पुल आज दिउँसो भाँचिएको हो । 

     

     

    यसअघि निर्माणाधीन अवस्थामा पुल सम्पन्न गर्ने उद्देश्यले तीव्रता पाइरहेको अवस्थामा बीच भागको एउटा स्पान दुई महिना अगाडि भाँचिएको थियो । उक्त स्पानलाई प्राविधिकले मर्मत गरेर प्रयोगमा ल्याउन सकिने प्रतिवेदनमा उल्लेख गरिएपछि निर्माण कम्पनीले स्पानको मर्मत गरिरहेको थियो ।

    पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छः मुख्य सचेतक बर्तौला

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले ‘भिजिट भिसा’ प्रकरणबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच दुईबुँदे सहमतिमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ । 

     

     

    प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलमा मुख्य सचेतक बर्तौलाले दुईबुँदे सहमतिका पक्षमा केही दिनमै संयन्त्र बनाउने जानकारी दिनुभयो । 

    भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १९ करोडको बजेट सार्वजनिक

    चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सोमबार सम्पन्न १७औं नगरसभामा बजेट प्रस्तुत गरेका हुन्।

    नयाँ बजेट अघिल्ला दुई आर्थिक वर्षको तुलनामा घटेको हो। अघिल्लो वर्ष ९२०८१/८२० मा ६ अर्ब ५५ करोड ८५ लाख रुपैयाँ र त्यसअघिको वर्ष (२०८०/८१) मा ६ अर्ब ४८ करोड ७९ लाख रुपैयाँको बजेट ल्याइएको थियो।

    जनमत पार्टीकी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध जिल्ला अदालत पर्साबाट बैंकिङ कसुरको आरोपमा पक्राउ पुर्जी जारी भएको छ। जेठ १६ गते अदालतले पक्राउ पुर्जी जारी गरे पनि उनी हालसम्म फरार रहेको प्रहरीले जनाएको छ।

    पर्सा जिल्लाको पोखरिया निवासी आशा कुमारी चौहानले बैंकिङ कसुरसम्बन्धी उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको हो। अदालतको आदेशका आधारमा पर्सा प्रहरीले असार ३ गते सुमन शर्मा रायमाझीको घरठेगानामा खानतलासी तथा पक्राउका लागि बर्दिया प्रहरीलाई पत्राचार गरेको छ।

    युद्धका कारण  बढ्दो डलरको भाउले नेपाली अर्थतन्त्रमा बढाएको चिन्ता

    काठमाडौँ । अमेरिकी डलरको भाउमा वृद्धि हुँदा नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । इजरायल र इरान युद्धका कारण  डलरको भाउमा वृद्धि हुन पुगेको हो ।गत माघमा अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकी डलरको भाउ बढेको थियो । त्यतिखेर १ अमेरिकी डलरको भाउ  १४१ नेपाली रुपैयाँ नजिक पुगेको थियो । त्यसपछि घटेर गत जेठसम्म १३६ रुपैयाँ तलमाथि रहेको डलरको मूल्य मध्यपूर्वमा सुरु भएको युद्धले फेरि उकालो लाग्न थालेको देखिएको हो ।

     

    अमेरिकी डलरको मूल्य बढ्दा भारतीय मुद्रा (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा पनि परेको हो ।गत १३ जुनमा इजरायलले ‘अपरेसन राइजिङ लायन’ नाम दिएर इरानमाथि आक्रमण सुरु गरेको थियो । इजरायलको आक्रमणलगत्तै इरानले पनि प्रत्याक्रमणमा उत्रियो । अहिले आएर अमेरिकाले इरानमाथि आक्रमण गरे युद्ध झन् चर्किने सम्भावना बढाएको छ ।  चर्किँदो युद्धले डलरको भाउलाई उचाइमा झन्  पु¥याउने आशंका बढाएको छ ।

    इजरायल र अमेरिकाको संयुक्त कदम, अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण

    वाशिंगटन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानका तीन मुख्य आणविक केन्द्र फोर्डो, नातान्ज र इस्फहानमा हवाई आक्रमण गरेको बताउनुभएको छ।  यस आक्रमणले क्षेत्रीय तनाव र युद्धको सम्भावना बढाएको छ। 

     

    यस घटनाले विश्व अर्थतन्त्र र तेल कारोबारमा पनि प्रभाव पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्। 

    राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल मार्फत भन्नुभयो, ूसबै विमानहरू अहिले इरानको आकाशबाट बाहिर छन्। फोर्डोमा मुख्य स्थलमा पूर्ण बमबारी गरियो।ू  

     

    उहाँले थप्नुभयो, ूसामान्य रुपमा  बमबारी गरियो र मुख्य स्थल फोर्डोलाई लक्षित गरियो।ू 

    अमेरिकी आक्रमणले इरानका आणविक स्थलहरू ‘पूर्ण रूपमा ध्वस्त’ : ट्रम्प

    वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी हवाई आक्रमणले इरानका मुख्य आणविक स्थलहरू ‘पूर्ण रूपमा नष्ट’ गरेको बताउनुभएको छ । यो आक्रमणले वासिङ्टनलाई तेहरानसँगको इजरायलको युद्धमा सामेल गराएको छ र मध्यपूर्वका लागि यो एक महत्त्वपूर्ण क्षण बनेको छ ।

     

     

    ह्वाइट हाउसबाट राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै ट्रम्पले इरानले चाँडै शान्ति कायम नगरे संयुक्त राज्य अमेरिकाले थप लक्ष्यहरू पछ्याउने चेतावनी दिनुभयो ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठक : दाङमा चार सय शय्याको अस्पताल निर्माण सुरू गरिने

    काठमाडौँ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ ।

     

     

    प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ४०० शय्या ९बेड०को अस्पताल निर्माण, शैक्षिक, अनुसन्धनात्मक र व्यवस्थापकीय कामका लागि नीति, योजना, बजेट तथा कार्यक्रम पारित गरेको हो ।

    सिद्धार्थ बैंकको १ लाख ७६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ७६ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा इच्छुक जो कोही व्यक्ति संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।

     

     

    यसको मूल्य भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (असार ८ गते) देखि ७ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

    ऊर्जा उद्यमीहरूले   कालो ब्यानरमा 'टेक एण्ड पे फिर्ता गर' भन्दै सामाजिक सञ्जालमा आन्दोलनको अभियान चलाए

    काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा 'टेक एण्डे पे' (लिउ र तिर) प्रावधान फिर्ता लिन माग गर्दै ऊर्जा उद्यमीहरूले   सामाजिक सञ्जालमा अभियान चलाएका छन् । ऊर्जा उद्यमीहरुले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई मेन्सन गरेर पीपीएमा टेक एण्ड पे प्रावधान फिर्ता लिन आग्रह गरेका हुन् ।  

     

    यस अघि गत शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीलालाई भेटेर ज्ञापन पत्र बुझाएका प्रवर्द्धकहरुले  शनिवार प्रधानमन्त्री ओलीसहित, उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेल, ऊर्जामन्त्री दिपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई एकैपटक सयौं एसएमएस गरेर टेक एण्ड पे प्रावधान फिर्ता लिन आग्रह  गरे ।

    पाँच वटा जिल्लाबाहेक अरु भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति हटाउन सभामुखको निर्देशन

    काठमाडौँ।  सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसद्मा दिनुभएको ‘पाँच वटा जिल्लाबाहेक अरु जिल्ला भाडामा दिए हुन्छ’ भन्ने अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ । सभामुख घिमिरेले खर्च कटौतीको प्रस्तावसहित विनियोजन विधेयकको आजका लागि तोकिएका शीर्षकमा बोल्न सांसद सिंहलाई समय दिनुभएकामा उहाँले बढी बजेट पाँच वटा जिल्लामा दिइएकाले तीबाहेकका जिल्ला अरु देशलाई भाडामा दिए हुने अभिव्यक्ति दिनुभएको थियो ।

    स्वस्तिक लघुवित्तलाई आईपीओ बिक्री अनुमति, दुई लाख ३१ हजार कित्ता सेयर जारी हुने

    काठमाडौँ। नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आईपीओ) बिक्री गर्न अनुमति दिएको छ। बोर्डले असार ५ गते संस्थालाई दुई करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता सेयर निष्कासनको स्वीकृति दिएको हो।

     

    स्वस्तिक लघुवित्त माइक्रोफाइनान्स समूहमा पर्ने कम्पनी हो भने यसको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहनेछ।

    हालसम्म चालु आर्थिक वर्षमा बोर्डले कुल १२ कम्पनीलाई साधारण सेयर बिक्रीको अनुमति दिइसकेको छ। तीमध्ये पाँच कम्पनी जलविद्युत्, तीन कम्पनी लघुबीमा, एक उत्पादन क्षेत्र, र एक माइक्रोफाइनान्स समूहमा पर्ने छन्।

    मधेस प्रदेशका आर्थिक चुनौती र सुधार सुझाव : राष्ट्र बैंकको अध्ययन प्रतिवेदन सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मधेस प्रदेशमा विद्यमान केही प्रमुख आर्थिक चुनौतीहरू पहिचान गर्दै सुधारका लागि रणनीतिक सुझावहरू सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले प्रदेशसम्बन्धी अध्ययन प्रतिवेदन जारी गर्दै प्रदेशभित्रको आर्थिक गतिविधिलाई औपचारिक बनाउँदै राजस्वको दायरा विस्तार गर्न आवश्यक भएको औंल्याएको छ।

     

    स्वास्थ्य क्षेत्रमा गुणस्तरीय अस्पताल, दक्ष चिकित्सक र उपकरणको अभावका कारण सीमावर्ती क्षेत्रका नागरिकहरू उपचारका लागि भारत जान बाध्य छन्, जसले भारतीय रुपैयाँको माग अत्यधिक बनाएको उल्लेख छ। प्रदेशका अस्पतालहरूमा आवश्यक पूर्वाधार तथा स्रोतसाधनको व्यवस्था गर्नु ठूलो चुनौती रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

    वीरगञ्ज नाकाबाट ११ महिनामा १ खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज ।चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास ९एलपिजी०, एभिएसन टर्बाइन फ्युल ९एटिएफ० र मट्टितेल आयात भएको हो । 
    समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँच थरिका पेट्रोलियम पदार्थ आयात भने एक अर्ब ६ करोडले घटेको छ । सो अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि सोबाट प्राप्त हुने राजस्व भने ११ दशमलव ६६ प्रतिशत अर्थात् सात अर्ब ६४ करोडले बढेको छ ।

    आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ  बढेर प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ कायम

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ  बढेर प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो । 

     

    यस्तै आइतबार छापावाल सुन प्रति १० ग्राम १ लाख ६७ हजार ३५५ रुपैयाँ कायम भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि समान्य बढेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    देशभर मनसुनी प्रभाव : केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावस्वरूप कोशी, बागमती, मधेस र गण्डकी प्रदेश लगायत अन्य केही स्थानमा हल्का वर्षा भैरहेको छ।

     

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी प्रदेश र पहाडी भूभागका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ।

     

     
     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij