Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

टु पीएम नूडल्सका उत्पादकले  ‘सही छ’ नारासहित भेज मसला करी र चिकन मसला करी बजारमा ल्यायो

टु पीएम नूडल्सका उत्पादकले  ‘सही छ’ नारासहित भेज मसला करी र चिकन मसला करी बजारमा ल्यायो

  • काठमाडौं । मास्टरशेफ सन्तोष शाहद्वारा तयारी र सिफारिस गरिएको टु पीएम भेज मसला करी र चिकन मसला करी गरी दुई नूडल्सलाई औपचारिकरूपमा बजारमा ल्याइएको छ ।नेपालको स्न्याक्स र नूडल्स क्षेत्रमा अग्रणी नाम दु पीएम कम्पनीले मास्टरशेफ सन्तोष शाहसँगको सहकार्यमा दुई नयाँ इन्स्ट्यान्ट नूडल्सको स्वादहरू भेज मसला करी र चिकन मसला करीको शुभारम्भ गरेको  सो कम्पनीले एक पत्रकार सम्मेलनको आयोजना गरी जनाएको हो ।

    ‘सही छ’ भन्ने नारासहित यसले नूडल्सको स्वाद, गुणस्तर र प्याकेजिङ्गजस्ता सबै पक्षहरूमा उत्कृष्ट भएको सुनिश्चित गरेको छ ।२०५६ मा स्थापित एसियन थाई फुड्स प्रा. लि. ले २०५७ मा पहिलो नूडल्सको शुभारम्भ गरेको थियो। विगतका २५ वर्षमा यसले रमपम, प्रिती र टु पीएम जस्ता अग्रणी ब्राण्डहरू सफलतापूर्वक उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । यसले टु पीएम र रमपम ब्राण्ड अन्तर्गत विभिन्न स्न्याक्सहरूको शुभारम्भ गरेर स्न्याक्स श्रेणीमा पनि अग्रणी भूमिका खेलिरहेको छ। ।  नेपालमा प्रिमियम श्रेणीका नूडलको सबैभन्दा ठूला निर्यातकर्ताहरूमा  कम्पनी परेकोमा कम्पनी आफूलाई गौरवान्वित ठानेको विज्ञप्तिमा जनाइएको छ ।
    टु पीएम नूडल्सले  अष्ट्रेलिया, बहराइन, बेल्जियम, भूटान, क्यानडा, चीन, डेनमार्क, फिनल्याण्ड, जर्मनी, हङकङ, भारत, इजरायल, इटली, जापान, कोरिया, कुवेत, मलेशिया, माल्टा, न्यूजील्याण्ड, ओमान, प्यालेस्टाइन, कतार, साउदी अरब, यूएई, यूके, यूएसए, येमेन जस्ता देशहरूमा आफ्नो सशक्त उपस्थिति गराइरहेको छ ।

    विज्ञप्तिमा भनिएको छ  ‘नेपालका उत्पादनहरूलाई यति धेरै देशहरूमा चिनाउन र विदेशी मुद्रा ल्याएर नेपालको व्यापार घाटालाई कम गर्ने योगदान दिन पाउँदा हामीलाई सन्तुष्टि र राष्ट्रिय गर्वको अनुभव हुन्छ ।’कम्पनीले भनेको छ ‘हामी चाँडै नै आउँदो भवियष्यमा ‘क्यानमा स्न्याक्स’ र ‘कप नूडल्स’ जस्ता अझै प्रिमियम उत्पादनहरू हाम्रा नियमित र सम्मानित ग्राहक वर्गहरुमाझ पुर्याउने अठोटमा तम्तयार रहेका छौं।’

    उपभोक्ताहरुलाई सेवा गर्दै २५ औं वर्षमा प्रवेश गर्दै गर्दा कम्पनीले  उपभोक्ताहरुबाट माया, नेह र समर्थन प्राप्त गरिरहने  र  उत्पादनहरु उपभोक्ताहरूको अपेक्षामा ‘सही’ सावित रहने पूर्ण विश्वास व्यक्त गरेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij