Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै ,मौद्रिक नीति आजै सार्वजनिक हुने

मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै ,मौद्रिक नीति आजै सार्वजनिक हुने

  • काठमाडौं । मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक चालु आर्थिक वर्ष २०८१/८२ को नीतिको मस्यौदा पारित गर्न बोर्ड ९सञ्चालक समिति०को बैठक डाकेका हुन । राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर अधिकारीले आज ९शुक्रबा० बिहान ८ बैठक डाकेका हुन् ।

    राष्ट्र बैंक बोर्ड बैठकले मौद्रिक नीतिको मस्यौदामा छलफल गरी पारित गर्नेछ । यदि बोर्ड बैठकले पारित गर्यो भने आजै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंक स्रोतले बताए ।राष्ट्र बैंकको अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीतिको मस्यौदालाई उच्च व्यवस्थापनले हिजै अन्तिम रूप दिइसकेको बताइएको छ ।स्रोतका अनुसार यसपटक लचिलो मौद्रिक नीतिको मस्यौदा तयार भएको छ ।

    अब आज बस्ने सञ्चालक समितिको बैठकमा पेस गरिने र छलफल गरी पारित गरिनेछ । ब्याजदर एकल अंक र बैंकिङ प्रणालीमा प्रयाप्त निक्षेप थुप्रिँदा पनि कर्जाको माग नरहेकाले कर्जा विस्तार हुनेगरी नीति आउने देखिन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij